Skip to content

कामै तिम्रो कुरा दुहुने दु’न नछोड


कामै तिम्रो कुरा दुने दुन नछोड
सकुनीको नाटक रच्दै रुन नछोड ।

गफाडीको मन्डलीमा चोसो पसार्दै
दिन मात्र थोरै भए जून नछोड ।

बृद्धा सासु घस्रिएर भात पकाउँछिन्
ऐना हेर्दै हिरोइन हुन नछोड ।

स्कूल गए नानी आज मैलै लुगामा
दोस्ती धमिएला बात धुन नछोड ।

ऋणले घर धमिराको गोलो भएनि
आडम्बरी खोल ओढी सुन नछोड ।।

उषा न्यौपाने

1 thought on “कामै तिम्रो कुरा दुहुने दु’न नछोड”

Leave a Reply

Your email address will not be published. Required fields are marked *