Skip to content


नयाँ वर्षको आगमनसँगै फूल्न थाल्छ
मनभरी उल्लास र आशाका फूलहरू
दुखले अन्तै बसाइ सर्छ कि
सुखले जीवन मस्काउँछ कि
तर फेरिएको छैन मुहारमा हाँसो
मात्र निधारमा एउटा रेखा थपिएर जान्छ
थाप्लोमा नाम्लोको भारी जहिको तहि छ
हत्केलामा दर्दका फोहरा चहराइरहन्छ
नयाँ वर्षको नौलो किरण खै कता
दुःखीको संसारबाट लुकेर थाम्छ
के नयाँ के पुरानो यी वर्षहरूको क्रममा
नयाँ वर्ष तिमी मलाई सधैँ उस्तै पुरानो लाग्छ ।

युवामञ्च २०६८ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *