Skip to content


आँगनमा फुलेका छन् रङ्गीचङ्गी फूल
आहा ! साथी कति राम्रो हाम्रो सानो स्कुल ।

गर्दैनन् क्वै झैझगडा मिलनसार छन् साथी
हँसिला छन् गुरु हाम्रा गुरुआमा जाती ।

उड्दै आउँछन् घरिघरि पुतलीका हूल
(आहा)! साथी कति राम्रो हाम्रो सानो स्कुल ।

पढ्ने-लेख्ने, नाच्ने गाउने गर्छौं साथीभाइ
फुर्सदमा खेल्छौँ पनि चउरमा रमाइ ।

ममताको खानी हो यो, विद्याको मूल
आहा ! साथी कति राम्रो हाम्रो सानो स्कुल ।

मुना २०६८ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *