Skip to content


पर लैजाऊ फूलहरु छोपिदेऊ तारा जून
बन्द गर गीतहरु तिम्रो याद आउने सबै चिजहरु

शहरको भीडमा म एक्लो हल्लाले छुँदैन
रानीवनको एकान्तमा पनि मन चुप हुँदैन
पहाडमा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाँवै छैन

संसारदेखि भागुँला तिमीबाट सक्दिन
आत्तिएर मन उड्न खोज्छ तर मुक्ति पाउँदिन
सपनामा पनि शन्ति छैन
तिम्रो याद नआउने कुनै ठाँवै छैन

शब्द – राजेन्द्र थापा
स्वर – प्रेमध्वज प्रधान
संगीत – नातीकाजी
एल्बम – यस्तो पनि हुँदो रैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *