Skip to content

मायालु त्यो बोलीभित्र कति ठुलो घात रैछ

  • by


मायालु त्यो बोलीभित्र कति ठुलो घात रैछ
सुम्सुम्याउँदै गला रेट्ने कस्तो पापी हात रैछ ।

बुद्ध खुशी हुन्थे होला तिम्रो दर्शन सुन्न पाए
यथार्थमा त्यो त मान्छे फँसाउने बात रैछ ।

सारी चोलो लत्याएर बियर तान्दै मिनिस्कर्टमा
दिउँसै रात पर्न खोज्ने जँड्याहाको जात रैछ ।

मग्मगाउने वरिपरि सुन्दर फूलबारी देखी
पाइला टेक्दा दलानमा दुर्व्यसनको खात रैछ ।

डर धम्की दिंदै अझै छेउ तान्ने कोसिस तिम्रो
अरु केही नभएर ठूलो पदको मात रैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *