Skip to content

कहीं कतै तिम्रो जीवनमा

  • by


कहीं कतै तिम्रो जीवनमा
बर्षातको भेल उर्लिए भने
पुर्णिमाको जून हेर्दै
तारासँग भुल्ने गर

जीबन यहाँ यस्तै रहेछ
गल्ती पनि हुँदो रहेछ
सधैं अरुको साथ पाए पनि
तिमीलाई भुल्न गार्हो हुदो रहेछ
कही कतै एकान्तमाझ
नयन आँफै रसाए भने
शीतको थोपालाई हेर्दै
आँसु तिम्रो साँच्ने गर

समयको खेल यस्तै रहेछ
छाती भित्र याद बढेछ
देखेको कहाँ पुग्दो रहेछ
लेखेको मात्रै भोग्नु पर्दे रहेछ
कहीं कतै आकाश हेरी
सोच्यौ भने भविष्यका दिनहरु
एउटा मिठो भूल सम्झी
सम्हलिने कोशिष गर

शब्द, संगीत – सुरेश थापा
स्वर – दीप श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *