Skip to content

जब तिम्रो कुरा चल्यो

  • by


जब तिम्रो कुरा चल्यो
तब मेरो मन जल्यो ।

तिम्रो रात अर्को साथ
मुटुभित्र आगो बल्यो ।

तिमी त्यहाँ अति व्यस्त
मेरो यहाँ खुट्टा गल्यो ।

तिमी मेरी हौली भन्थें
निर्दोश त्यो खुशी ढ्ल्यो ।

तिमी आज अर्कै भयौ
मेरो चिट्ठी कस्ले पढ्यो ।

हावा छैन, पानी छैन
“बिबेक” को प्रीत झर्यो ।

साहित्यिक नाम : बिबेक दुलाल छेत्री “दमक”
वास्तविक नाम : भानुभक्त दुलाल
स्थाइ ठेगाना : दमक, झापा
हाल : अबुधाबी, यु ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *