Skip to content

थाहै नदिई मन पनि कतै डुल्दो रैछ


थाहै नदिई मन पनि कतै डुल्दो रैछ ।
एकान्तमा माया भेट्ने चाह हुँदो रैछ ।

हिजो जस्तो लाग्छ देखेको उनलाई
तर, यो मनले त्यो मनकै खोजी गर्दो रैछ ।

आफ्नो मनमा बसेपछि कसैको तस्वीर
रीस होस् या हाँसो उनको मीठो हुँदो रैछ ।

भन्नै पो कहाँ पर्छ र मनको कुरा मुलबाट
त्यो त आँखैमा पनि लेख्या हँुदो रैछ ।

सपनाको महल साँचो हुन्न थाहा छ
तर, कल्पनामै पनि मन चञ्चल हुँदो रैछ ।

थाहै नदिई मन पनि कतै डुल्दो रैछ ।
एकान्तमा माया भेट्ने चाह हुँदो रैछ ।

1 thought on “थाहै नदिई मन पनि कतै डुल्दो रैछ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *