Skip to content

बुद्ध सम्बन्धी केही मुक्तकहरू

  • by


१)
बुद्ध जन्मे नेपालकै माटोमा
लाग्नु छ हामीले उनकै बाटोमा
शान्तिको बिज छरौँ सबै मिली
लगाउँ मल्हम अशान्तिको खाटोमा ।

२)
शान्त तपोभूमि, सुन्दर नेपालमा आज
बालौं बुद्धको उज्यालो ज्योति हर साँझ
बुद्धम् शरणम् गच्छामिको मन्त्र सबैले
खोपेर सधैं राखौं हर छाती माझ ।

३)
बुद्धको उपदेश साक्षी राखेर मनमा
बाँडौं दिब्य बुद्धको आव्हान जनमा
हत्या, हिंसा छल, कपट हटाई सारा
हर्ष, खुशी र उमंग छरौँ सबको तनमा ।

४)
जन्मे शान्तिको प्रतीक हाम्रै देशमा
आए यो लोकमा मानवरुपी भेषमा
शान्तिको मन्त्र छरी सारा मानवलाई
ज्योति झैं चम्केर अस्ताए निमेषमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *