मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
त्यो आवाज मन्द छ तर सत्य छ
kbs — Sat, 05/28/2011 - 10:33
च्यातेर झन्डा लगौँटी लगाउनेहरू हो !
झण्डाले लाज ढाक्तैन कसै गरी
टांगमुनि अल्झिनुको बिवशतामा
ऊ त आफैँ लाजले सिङ्गो युग रुन्छ रुवाउँछ
नबिर्स! झन्डा हातमै उचालिनुपर्छ
अनि पो गर्वले फहराउँछ
ऊ हाँस्छ र सबैलाई सुहाउँछ ।
हृदयमा कोढ बोकेर हिँड्नेहरू हो !
सुकिलो सुटले महामारी रोक्तैन कसैगरी
उसोर ज्ञानीहरू भन्छन्
महानगरको लुतोग्रस्त कुकुर कम्ती हानीकारक,
स्वस्थ हृदय बोकी गल्लीको कुनामा
छालाको लुतो क्वार्क्वार कन्याउँछ
नियतबस् अर्कोलाई सार्दैन
ल्याप्ल्याप चाटेर आँफैँ निको बनाउँछ।
जब सन्तुष्टिको तरंगले कम्पित
खुशीका झंकारले प्रफुल्लित
झुपडीका
सम्पन्न झ्याङप्वालले
स्वर्णभवनका बिपन्नतालाई जिस्क्याउँछ
लाज आँफैँ उम्रिनुपर्ने हो अत्तरी पहिरनको चमकमा
तर यस्तो नहुँदोरहेछ ,,
आँखा पनि त बन्दी छन कालो शिशाभित्र!
हो त्यही अन्धकारमा
आँखा डुबेकोछ
हृदय कुहिएको छ
झन्डा ध्यार्ध्यार्ती च्यातिएको छ।
संस्कारको गरीबीमा
चिन्तनको दरिद्रतामा
स्वाँठहरूको जग्जगी छ
बदमाशहरूको चिच्याहट छ
त्यहीं निर
भग्न आँगनको डिल मुनि
केही आँखामा चमक छ
सङ्गै गुन्जन पनि छ
स्वरमा सुरिलोपन छ
हो मन्द छ तर सत्य छ।
त्यो आवाज भन्दैछ
कि झण्डा हातमै उचालिनु पर्छ
अनि पो गर्वले फर्फराउँछ
ऊ हाँस्छ र सबैलाई सुहाउँछ ।
त्यो आवाजमा सुरिलोपन छ
हो मन्द छ तर सत्य छ।
- 1898 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 hours 13 min ago - सानो आग्रह गरे है सर
22 hours 55 min ago - कत्रो दुर दर्शिता
5 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 22 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- प्रियशी
- माइतीघरको असीम माया फुकाएरै लान्छु
- म जीवन चढाउछु
- मतुवा अनि म र समाज
- मानव वस्ती देखि केहीपर
- केही टुक्राहरू (प्रधान मन्त्री)
- नेपाली भाषाको शब्द-ढुकुटी
- सुहागरात (लघुकथा)
- बेकार निन्द्रा खराब हुन्छ
- हर रात सपनीमा
- मोदीजीलाई पत्र
- छक्कै परें वर्षौंपछि आज भेट्ता तिमीलाई
- मोहित पार्ने सुन्दरताको खानी हुनुपर्छ
- पुनर्मिलन
- मञ्जरी
- खोई त नेपाली ?
- तिमी आयौ जून पनि मुस्कुराई शान्ति
- मुटु जलिरहेछ
- ड्राइभर दाइ
- पर्खाई
- पर्दा खोली झ्यालबाट, चिहाउँदैछिन उनी
- यात्राभित्रको यात्राः बाबाधाम
- समयले पल्टा खाएपछि
- यथार्थता
- विरामी मान्छे
- ओराली लागेको हरिणको चाल भो
- नया वर्षका मतहरू
- कस्ले देख्या छ र?
- नयाँ वर्ष
- चिठी तिमीलाई लेखुँ भन्छु
दीप्स शाह (त्यो आवाज मन्द छ तर सत्य छ)
kbs — Sat, 05/28/2011 - 15:35मार्मिक र सान्दर्भिक कविताको लागि साधुवाद!
तर अफसोचको कुरा यो छ कि, झण्डाको लगौंटी लगाउने कसैले पनि आफूले झण्डाको लगौंटी लगाएको महसुस गर्दैनन् र पो यस्ता सन्देशात्मक अभिव्यक्तिहरू उचित मानिसमा सम्म पुग्नै सक्तैनन् ।
really touch my
bikram shrestha (not verified) — Sat, 05/28/2011 - 16:06really touch my heart.............
झण्डाको लगौंटी...
ठिस बुढा — Sun, 05/29/2011 - 04:30नमस्कार !
झण्डाको लगौंटी अमेरिकि मेडोनाले अमेरिकामा लगाएकी थिई । अनि लगाउन पाईन्न भनियो रे । यहाँ, नेपालमा पनि लगाउन पाईन्न कसैले भनिदिनु पर्यो ।
"Whatever you do will be insignificant, but it is very important that you do it." By Mahatma Gandhi
Post new comment