Skip to content

तिम्रो मेरो नजरको टकराब कस्तो कस्तो,


तिम्रो मेरो नजरको टकराब कस्तो कस्तो,
आँखाको प्रश्नमा आँखाकै, जबाब कस्तो कस्तो ?

लोलाएका आँखाले भाँग खाएझैं लट्ठीएँ म,
उथल पुथल यौवनको भाव कस्तो कस्तो ?

छिनेको कम्मर, सलले ढाकेको पुष्ट छाती,
सेतो कुर्ता अनि शिरमा गुलाब कस्तो कस्तो ?

कल्कलाउँदो जवानी, सलबलाउँदो केश,
त्यसैमाथि झनै लाजको नकाब कस्तो कस्तो ?

सुन्तले त्यो ओठ खोली टल्कायौ दन्तलहर ,
घरी घरी मुस्कुराउने स्वभाव कस्तो कस्तो ?

तिम्रो मेरो नजरको टकराब कस्तो कस्तो,
आँखाको प्रश्नमा आँखाकै, जबाब कस्तो कस्तो ?

सुमन काले

2 thoughts on “तिम्रो मेरो नजरको टकराब कस्तो कस्तो,”

Leave a Reply

Your email address will not be published. Required fields are marked *