Skip to content

“मेरो बिबसता”
घुम्नी चियरमा निधारमा हात राखी
तितो मन बनाउदै ति खजुरका
गर्भवती रुखहरुको छटपटहाट
म हेर्न बिबस छु !

जुन-जुलाईको गर्मीमा खजुरका गर्भवती बोटहरु
बिलौना गर्दैछन,बालुवा लिई उडेका तातो हावासँग !
कठै ! ति हावाको पो के दोष थियो र ?
आफै त मानो,पाथी बालुवाको भारि बोक्दै
कहिले गगन चुम्बी महलमा त
कहिले समुन्द्रको किनारा किनारामा
बिसौदै सम्झौता गर्दै छन्
आफ्नो भाग्य संग !

म देख्दैछु गगन चुम्बी महलहरु पनि
हुमिनीटीले उकुस मुकुस हुँदा
रुँदै छन् तप्प तप्प आँशु झार्दै !
चराको बचेराहरु उड्न नपाउदै
पाक्दै छन्,ढड्दै छन्
घामको राप र तापले
गुँड मै !

उड्दा उड्दै खस्दै छन् चराहरु बालुवामा
धागो छिनेको चंगा झैँ,
फ्याट्ट फ्याट्ट !!

यो मेरो बिबसता हो देख्नु र हेर्नु,
मुटुको दुई किनारमा समुन्द्रक
छाल फिजौदै !
चाहे यहाँ खजुरको बिलौना होस् या
चराको मृत्यु !!
सिरिप म हेर्नु सक्छु र देख्न सक्छु,
कारण:>म आफै पल पल मर्दैछु,
किन कि…….
.तीस तल माथि आफु घुम्नी कुर्चीमा
गर्मीमा ए\सीको
सितलता,
जाडो हुँदा हिटरको न्यानोमा
आसिन रहंदा,
मेरो हजारौ दाजु भाईको
अकालमै प्राण पखेरु उड्दै छ,
कोहि सयौ तल माथिबाट खसेर
कोहि कार्यस्थाल्मै ढलेर,
कोहि ओछ्यानमा पल्डिदा पल्ड़ीदै !!
बिलिन हुँदै छन् मेरो सन्तानका लाखौ सपनाहरु……….

राजेश रुम्बा लामा “अतृप्त”
२४-०५-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *