Skip to content

उसैको लागि


मैले हाँसे पनि रोए पनि
उसलाई पाए पनि नपाए पनि
मेरा सारा जिन्दगी उसैको लागि

मर्न परोस चाहे उसले
या जलिरहुँ सधैंभरि
जे गर्नु परे पनि उसैको लागि

यो जुनी त के भो र
सात जुनी पनि कम हुन्छ
उसैको प्रतिक्षामा हुनेछु
जहा गए पनि उसैको लागि

चाहे कति उसलाई
भनु म कसो गरी
सुने कसैले के भन्ला
सबै गरे उसैको लागि

1 thought on “उसैको लागि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *