Skip to content

तिम्रो साथको आशा बोकी……….

“गीत”
तिम्रो साथको आशा बोकी,सपना यो फेर्न पनि,
व्यर्थै होकी जस्तो लाग्छ,तिम्रो बाटो हेर्न पनि !

आशाको बिज रोपी तिमी,धेरै टाढा बस्दा,
मनमा संका लाग्छ प्रिय,शिरको फूल खस्दा !
छाडी हाल्यो तिमीले मलाई,एउटा पत्र कोर्न पनि,
व्यर्थै होकी जस्तो लाग्छ,तिम्रो बाटो हेर्न पनि !!

जब आउछ चाड पर्ब,तिम्रो न्यार्सो लाग्छ बढी,
टाढा हेरी चिचौं लाग्छ,चौतारीको रुखां चढी !
नसकिँदो रहिछ पीरमा,आफ्नै घांटी सेर्न पनि,
व्यर्थै होकी जस्तो लाग्छ,तिम्रो बाटो हेर्न पनि !

तिम्रो साथको आशा बोकी,सपना यो फेर्न पनि,
व्यर्थै होकी जस्तो लाग्छ,तिम्रो बाटो हेर्न पनि !

राजेश रुम्बा लामा “अतृप्त”
२५-०५-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *