Skip to content

चाहिन्न त्यो जून-तारा


चाहिन्न त्यो जून-तारा, तिमी पाएदेखि
त्यागी दिन्थे सारा-संसार, तिमी आएदेखि

भन्न त भन्छन सबले, माया पाउन यस्तो,
विश्वास गर मलाई प्रिय, यो ज्यान छैन सस्तो
पूर्णिमा झैं हुन्थ्यो जीवन, तिमी छाएदेखि
त्यागी दिन्थे सारा-संसार, तिमी आएदेखि

चाहिन्न त्यो…………

बनाउने थिएँ सानु सुन्दर, हामी बस्ने घर,
सधैं खुशी राख्थे तिमीलाई, दु:ख राखी पर
मैले जस्तै मुटुदेखि, तिमीले चाहेदेखि,
त्यागी दिन्थे सारा-संसार तिमी आएदेखि

चाहिन्न त्यो जून तारा…………

राजेश रुम्बा लामा “अतृप्त”
२७-०५-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *