Skip to content


(१)
मेरो मनको मझेरीमा तिमीलाई अब ठाम छैन,
मनैबाट निकाली दिएँ तिम्रो अब नाम छैन
आफ्नो सम्झी मुटु दिए, जलाई दियो पत्थर बनी,
तिमी जस्ती स्वार्थी, निर्दयी, मलाई अब काम छैन

(२)
फूलको आशा मनमा राखी फूलको जरै मास्यौ तिमीले,
राम्रो फुल्न नपाउदै फूल फूलको हाँगा लाछ्यौ तिमीले
तड्पी-तड्पी बाँचेको त्यो बुझ्न समेत सकेनौ तिमी,
यात्रा-तत्र छुरा चलाई बोक्रा समेत ताछ्यौ तिमीले

राजेश रुम्बा लामा “अतृप्त”
०४-०६-२००११

Leave a Reply

Your email address will not be published. Required fields are marked *