Skip to content


तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नू
यदि चित्त तिमीलाई बुझ्दैन भने
मेरो सामुन्ने आएर सोध्नू

भूल होइन जस्तो लाग्ला
भुल गर्नेहरुलाई
तर खेलेर छोड्यौ तिमीले किन
मेरो बेसाहारा जीवनलाई

दोष दिनु ठुलो पाप हो
निर्दोषीहरुलाई
तर रित्याइदियौ तिमीले किन
मेरो आँखाको आँशुलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *