मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
शीर्षक के हो ? (मुना २०६८ जेठ)
kbs — Sun, 06/05/2011 - 10:46
विकास ज्यादै ज्ञानी र जेहेन्दार विद्यार्थी हुन् । उनी जहिले पनि पढाइमा प्रथम हुन्छन् । विकास मिलनसार पनि छन् । सबै साथीलाई सहयोग गर्ने उनको राम्रो बानी छ । विकासले साथीभाइलाई मात्र होइन पशुपंक्षीलाई पनि उत्तिकै माया गर्छन् । विकासको घरमा कुकुर, बाख्रा, गाई, बिरालो, परेवा, सुगा थिए । ती सबैलाई विकासले औधी माया गर्थ्यो ।
एकदिन विकासको स्कुलमा गुरुले पशुपंक्षीको बानी व्यहोरा बारेमा पढाउनुभयो । गुरुले पढाउनु भएको कुरा विकासले घरमा आएर परीक्षण गरेर हेर्न मन गरे । सबभन्दा पहिला आफूले खाइरहेको मासुको एकटुक्रा कुकुरलाई फ्याँकिदिए । विकासको घरमा दुईवटा कुकुर थिए । एउटा खैरो र अर्को कालो सेतो बुट्टेदार । दुईवटै कुकुर मासु खान लडाइ गरिरहे । कुकुर झगडा गरिरहेको मौका छोपी बिरालो बिस्तारै आएर मासु टपक्क टिपेर भाग्यो । यो देखेर दुबै कुकुर जिल्लिए । विकासले खाजा खाँदा जेरीको सानो टुक्रा भुईंमा खसाले । त्यसपछि लस्करै कमिला आएर जेरीका स-साना टुक्रा उठाएर तान्दै आफ्नो दुलोभित्र लैजान लागे । कमिलाहरू एकापसमा मिलेर एकापसमा टाउको जोडेर अभिवादन गर्दै गइरहेको देखेपछि विकासले खुसी हुँदै घरका सबै परिवारलाई बोलाएर देखाए ।
त्यसपछि फेरि विकासले कौसीमा परेवालाई दाना छरिदिए । परेवा भुरुरु उडेर आए अनि सबै परेवा मिलि कपाकप दाना खान थाले । खाइसकेपछि फेरी सबै परेवा एकसाथ आकाशमा उड्न थाले । त्यस्तै गरी सबै बाख्रा मिलेर घाँस खाइरहेको देखेर पनि उनी दङ्ग परे । उनीहरू बथान बथान एकै ठाउँमा जान्थे । त्यस्तै गाईले आफ्नो बाछोलाई दूध ख्वाइरहेको देखेर विकास खुसी भए ।
यी सबै हेरेपछि विकासले के थाहा पाए भने । हामी कुकुरले जस्तो खानेबेलामा झगडा गर्नु हुँदैन । बरु मिलेर परेवाले जस्तो खानुपर्छ । त्यस्तै गरी बिरालोले जसरी मौकाको फाइदा लिन जान्नुपर्छ । अनि मात्र कुनै पनि बेला काममा सफल हात पार्न सकिन्छ । विकासले कमिलाबाट के शिक्षा लिए भने जसरी कमिला सबै मिलेर मेहनत गरी बेलैमा खाना सञ्चय गर्छन् त्यसै गरी हामीले पनि सञ्चय गर्न सिक्नुपर्छ । नत्र अनिकालमा खान पाइँदैन । सबैलाई आदर एवं सत्कार गर्नुपर्छ । जुन काम गर्दा पनि सबै मिलेर गरेमा जस्तो सुकै गाह्रो काम पनि सजिलै गर्न सकिन्छ । सधैँ आफ्नो बथानमा हिँड्नुपर्छ एक्लै हिड्नु हुँदैन । आफूले थाहा नपाएको एक्लै ठाउँमा जानुहुँदैन । नत्र हराउन सकिन्छ भन्ने कुरा विकासले बाख्राबाट सिके ।
यी सबै कुरा थाहा पाएपछि विकासले आफ्नो नोट कपिमा सबै कुरा टिपे । आफूले टिपेको र जानेको कुरा आफ्ना साथी र गुरुलाई पनि सुनाए । गुरुले सबैलाई विकासले भने जस्तै शिक्षा लिन सम्झाए । विकासको मिहिनेतलाई प्रसंशा गरेर गुरुले स्याबासी दिए ।
मुना २०६८ जेठ
- 3496 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 16 hours ago - आभार प्रकट गरे
3 days 14 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 17 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
4 days 10 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 13 hours ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 13 hours ago - एकदम सान्दर्भिक
4 days 17 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 20 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- सधैँ हान्छ मुटुभित्र सोला
- ब्यार्थै दिलमा सजाएछु छोडी जानेलाई
- पिरतीका चिनोहरु जलाएर जाऊ बिन्ती
- आज फेरि पत्र कोरे
- पिरती बसालौं
- जन्मदिनको शुभकामना
- मौन भयो पात पनि
- मनभित्र माया
- 'जगदम्बा' महाकाव्यको बिबेचना
- उत्कृष्ट पाँच मुक्तकहरु :
- आधी जिन्दगी...................(मुक्तक)
- गजल
- तीन हाइकु (झर्दैछ फूल)
- टाढा-टाढा अझै टाढा,जाँदा हुन्छ सानु
- हराउँदै आफैसँग
- प्राण अपान शून्य
- कर्मचारी
- चार मुक्तक (आऊ न बोकेर)
- बार छोरा तेर नाति
- नेपालमा जातजातिको उत्पति कसरी भयो? छोटो जानकारी
- खहरेको भेल-रहेछ
- मेरो सपना
- राजविराजलाई‘भानुले एकताबद्ध गराए’
- जिन्दगी
- दुई मुक्तक (परै बस, धस्दिन म)
- आज फेरि तिमीलाई सम्झदैछु
- कानुन फुल्ने बोट अब
- फूलबिनाको बगैंचा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- द्विपदी मुक्तक
Post new comment