Skip to content

जिन्दगीको मोडहरूमा

  • by


जिन्दगीको मोडहरूमा दिव्य-आनन्दको
घुट्को पिउने दिन पनि आउँदो रहेछ !
अनि फेरि बिहद सहनै नसक्ने पीडा
अनागिन्ती आँसुको धारा बिहत पीडाको बिलाप !
अनि फेरि त्यहीभित्र मिठो मिठो कल्पनाहरू
हावासँगै बहन थाल्छ अनागिन्ती भावनाहरू !
बिहद पीडाले थकित भैसकेको मनलाई फेरि
त्यही मिठो कल्पनाले थुम्थुमाइदिन्छ अनि त फेरि
सारा खुसीको हरर्र नयनहरू सुम्सुमाइदिन्छ !
पीडाले थकित भई निदाइसकेका आँखाहरू
खुशीको सुकोमल ओठले स्नेहपूर्ण चुमिदिन्छ
अनि त जिन्दगी फेरि मिठो मायाको धुनमा गुनगुनिदिन्छ !
अनि त जिन्दगी फेरि मिठो मायाको धुनमा गुन्गुनिदिन्छ !

शीतल सुब्बा
सिक्किम, गांतोक
हाल इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *