Skip to content

कतातिर लागौँ


कतातिर लागौँ काँडा, दुईटैतिर छ
तल हेर्यो झिर छ, माथि ठाडो भीर छ

बिदेशमै गयो जीवन, घर फर्कौ भने
आफ्नै टाउको माथिको, ऋणको पीर छ

भन्छन् तेश्रो देश जाने, भुटानीलाई सोधे
अझै नि भुटानको, आँखामा तस्बिर छ

बलात्कारी, भ्रष्टचारी, शानसँग भन्छ
समाजमा, देशमा हाम्रो, कत्रो शिर छ

अरुलाई मात्र कति भन्ने गर्छस् ‘सूर्य’
आफ्नै जिउने, मर्ने जिन्दगानी अस्थीर छ

सूर्य चेम्जोङ

1 thought on “कतातिर लागौँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *