Skip to content
MadanRaiLamakhule


आकस्मिक बोर्ड बैठकका लागि सूचना जारी गर्ने आदेश अध्यक्षज्यूले सचिवलाई दिन्छन् ।

विषय : एजेण्डा यस प्रकार छन् ।

(क) कम्पनीको हालको उत्पादन क्षमतालाई दस गुणा बृद्धि तुरुन्त गर्ने,

(ख) वितरण क्षमता त्यसरी नै मुलुक भर बढाउने,

(ग) माग अनुसार जसरी पनि आपुर्ति गर्ने

सबै बोर्ड सदस्यहरू मुख्य कार्यालय काठमाण्डूमा यथा समयमा भेला हुन्छन् ।

विविध छल फल हुन्छ ।

एक सदस्यले गम्भीर प्रश्न उठाउँछ, “यत्ति ठुलो मात्रामा बियरको उत्पादन बढाएर कहाँ, कसरी बिक्री वितरण गर्ने ?”

अध्यक्षले तुरून्त जवाफ दिन्छन, “तपाईलाई थाहा छैन ? तीन महिनापछि आम चुनाब हुँदैछ भनेर ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *