जोवन दाउमा राखी, तिमी आफै हाँसेपछि
मेरो केमा दोस थियो? तिमी आफै टांसेपछि
साथीको नाता हाम्रो सँधै, निश्चल राखौं भन्दा
मित्रताको नाता छोडी, अर्कै नाता गाँसेपछि
दुनियाँको दैलो टेक्छौ, गुनासोको पोको बोकी
बैंशमा होस गुमाई, इज्जत जति मासेपछि
आउने जाने यात्रु बस्ने, चौतारी झैं जीवन
मूल्यहिन बनाउछौ आफै, लाली नाँसेपछि
कुनै रोग ननिम्त्याऊ भन्थ्यो सँधै यो “अतृप्त”
केको आशा राख्छौ अहिले, रोगले खाँसेपछि
राजेश रुम्बा लामा “अतृप्त”
११-०६-२०११