मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

भोगाइ

kbs — Sat, 06/11/2011 - 23:26

  • सामाजिक कथा
  • बिना तामाङ

सीमा निकै दङ्ग थिइन् त्यस दिन । बिजयले उनको रुपको प्रशंसा गरेको थियो । ऐना अगाडि घण्टौं समय बिताइन् ।

आफ्ना आँखाहरू साँच्चै नै मृगका झैं नै देखेकी थिइन्, ओठहरू कमलका पात झैं, अनि गालाहरू रगत चुहिएला जस्तै ।

"ओहो! मैले त साँच्चै नै ऐना हेर्नै बिर्सिएकै रहेछु ।"

सीमा आफ्नो कपाल सुम्सुम्याउँदै एकहोरो हुन थालिन् । बिजयले भनेका कुराहरू एक एक गर्दै सम्झन थालिन् ।

"तिमी यति सुन्दर छौ किन आफ्नो वास्ता गर्दिनौ?" पानी थाप्न धारामा जादा उसले भनेको थियो ।

लगभग चौबीस, पच्चीस वर्षीय सीमा आफ्नो सानो चार वर्षीय छोरा सहित सातदोबाटोमा बस्दै आएकी थिइन् । उनको श्रीमान रोजगारीको सिलसिलामा कतार गएको थियो ।

बिहान पानी थाप्न हतार हतार तल छिंडीमा ओर्लनु, खाना तयार पार्नु, छोरालाई स्कुल पुर्‍याउनु अनि दिउँसो छोरा लिन तीन बजेतिर जानु नै सीमाको दैनिकी थियो ।

दिउँसो को समय अलिक फुर्सदिली हुन्थिन् । दिनभरि हिन्दी सिरियल हेर्नु, कहिलेकाहीं वल्लो कोठा पल्लो कोठा पनि चहार्न भ्याइहाल्थिन् ।

सात महिना जति भएको थियो, सीमा अलिक असजिलो महशुस गर्दै थिइन् । आफ्नो कोठाको पूर्वपट्टिको झ्यालको पर्दा बिहान जब खोल्थिन् कसैले पल्लो घरबाट चिहाएको आभास गर्थिन् ।

पहिले पहिले त वास्तै गर्दिन थिइन । तर पछिल्ला दिनहरूमा लुकिछिपी त्यो पल्लो झ्यालमा चिहाउन थालेकी थिइन् ।

हेर्दा त्यस्तै २२, २३ वर्ष जतिकोदेखिने अग्लो, हृष्टपुष्ट युवक प्राय सधै काँधमा गम्छा अनि हातमा ब्रस लिएर उभिएको हुन्थ्यो । यो क्रमले निरन्तरता पाउन थालेको थियो ।

बिहानै सीमा पर्दा उघार्थिन् भने उता त्यो युवक अघिनै झ्यालमा आएर उभिसकेको हुन्थ्यो । समय बित्दै जादाँ दुबैका आँखाहरू एकापसमा ठोक्किन थालेको थियो । सीमा लाजले भुतुक्कै हुन्थिन् भने युवक मुसुमुसु हाँस्दै बाहिर निस्कन्थ्यो ।

सीमा कहिलेकाहीं झस्किन्थिन्।

"यो के भएको मलाई? किन म त्यो अपरिचित व्यक्तिसँग आँखा जुधाउन पुग्छु?"

यस्तै यस्तै तर्कनाले सीमा आफूलाई सतर्क गराउँथिन् ।

बेग्ला बेग्लै घरमा बस्ने भए पनि पानी थाप्न भने दुबै घरका मानिसहरू सीमा बस्ने घरकै छिंडीमा आउने गर्दथे ।

जाडोको महिना थियो । बिहानको छ बजिसकेको भएतापनि चिसो र हुस्स्को कारण मानिसहरूको त्यति चहलपहल थिएन । सबै मस्तसँग सिरकभित्र गुटमुटिएका थिए ।

तर सीमा निदाउन सकेकी थिइनन । मनभरि नानाभाँतीका कुराहरू खेलाउँदै थिइन् । एकछिनमा जुरुक्क उठिन् र पर्दा उघारिन् ।

त्यो युवक अघि आएर झ्यालमा उभिसकेको थियो । दुबैले एक अर्कामा बिहानीको अभिवादन आँखाबाटै गरे । चिसो बिहानीमा पनि न्यानो अनुभव गरे । आँखाबाट केही ईशारा गरे ।

एकछिनमा दुबैजना छिंडीमा पानि थाप्न र मुख धुने बहानामा उपस्थित थिए ।

एकान्तको लाभ उठाउँदै युवकले आफ्नो परिचय दिन भ्याइहाल्यो । स्नातकोत्तर अध्ययन गर्न काठमाण्डौ आएको बिजयको घर रामेछाप थियो । एक्लै त्यो पल्लो घरमा बस्दै आएको सात महिना भैइसकेको रहेछ ।

सीमाले पनि केही अन्कनाउँदै श्रीमान बाहिर भएको र आफू छोरा सहित यहीं बस्दै आएको बताइन् ।

त्यसपछिका दिनहरूमा दुबैको भेट त्यहि छिंडीमा हुने गरेको थियो । एकान्त पाए दुई-चार कुरा गरिहाल्ने र नपाउँदा भारी मन लिएर फर्किने गर्दथे । यावत रुपले उनीहरू बिच नजिकपना बढ्दै गएको थियो ।

त्यो दिन सखारै सीमा छिंडीमा पुगेकी थिइन् । बिजय मुख धुदै थियो । दुबै मौन थिए । सीमा चुपचाप पानीको बाल्टिन् बोकेर फर्कन लाग्दा बिजयले सीमाको हात च्याप्प समातेर भन्यो, "म तिमीलाई मन पराउँछु ।"

सीमा तरङ्गित् हुन पुगिन् । कति दिनदेखिको उकुसमुकुसहरू छताछुल्ल भएर पोखिएको थियो ।

"म विवाहित हुँ र मेरो छोरा पनि छ भन्ने बिर्सिन सकिंदैन," केही दबिएका स्वरहरूमा सीमाले भनिन् ।

"मलाई थाहा छ । तर विवाहित पुरुषले अर्कै नारीसँग सम्बन्ध राख्न मिल्छ भने विवाहित नारीलाई छेक्नु सरासर अन्याय भएन र?" बिजयको यो प्रश्नले सीमा झन् गल्न पुगेकी थिइन् ।

"त्यसमाथि मैले तिमीलाई मन पराएको हुँ । अरु सब पर्दा पछाडिका कुरा हुन् । त्योसँग मेरो सरोकार छैन ।" बिजयको यस्तो प्रतिकृया सुनेपछि सीमा कतिखेर भर्‍याङ् चढेर कोठाभित्र आईपुगिन् पत्तै पाइनन् ।

खै कस्तो आकर्षण थियो बिजयमा सीमा आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । बिस्तारै बिस्तारै आफ्नो श्रीमानको यादहरूलाई पोको पारेर एकातिर पन्छाउँदै बिजयलाई आफ्नो कल्पनामा समेटन थालिन् ।

केही दिनपछि सीमाको मोबाईलमा मेसेज आयो । शनिबार फिल्म हेर्न जाने प्रस्ताव सहितको त्यो मेसेज बिजयले पठाएको थियो ।

केही छिन घोरिएपछि सीमाले स्विकारोक्ति जनाउँदै रिप्लाई गरिन् ।

बडो प्रतिक्षारत शनिबार आएको थियो । सीमा बिहानैदेखि साजसज्जामा तल्लिन् थिइन् ।

होची तर ड्याम्म मिलेको शरिरकी धनी गोरी सीमालाई जे लगाए पनि सुहाउने । त्यो दिन पाँच वटा साडी लगाउँदै फुकाल्दै गरिन् ।

कुन चाहिं लगाउँदा आफूलाई आकर्षक देखिने हो भन्दै पलङ्भरि साडीको खात लगाएकी थिइन् । करिब डेढ घण्टापछि हल्का गुलाबी रङको साडीमा सीमा आफूलाई ऐना अगाडि पाइन् ।

मन्द मुस्कान सहित छोरालाई लिएर बाहिर निस्कने बेलामा त्यो पल्लो घरको झ्यालमा आँखा पुर्‍याइन् ।

बिजय बिजयभावले मौन स्वागत गर्दै एकछिनमा आफू निस्कने संकेत गर्‍यो ।

बसपार्क पुगेर सीमाले केहीछिन बिजयको प्रतिक्षा गरिन् । करिब दश मिनेटको अन्तरालमा बिजय पनि पुग्यो र दुबैजना सँगै बसमा चढे ।

मानिसहरू बसभित्र खाँदिदै जाने क्रम बढ्दै जाँदा दुबैले शरीरले एक आपसमा स्पर्श गरेको अनुभूति गर्न थाले । यात्रा रोमाञ्चित हुदै थियो ।

कति छिट्टै गन्तव्यस्थल आइपुगेछ, उनीहरूलाई होसै भएन ।

बेलुका घर फर्किएपछि सीमामा एक किसिमको अनौठो परिवर्तन देखा परेको थियो । उनी कल्पनामै हराउन थालेकी थिइन् ।

साँच्चै भन्नु पर्दा सीमाले त्यस दिन आफ्नो मर्यादाको संघार नाघेकी थिइन् ।

एउटा विवाहिता नारीको सम्मानमा ठेस पुर्‍याउने अघोरी कार्य गरेकी थिइन् । उनी आफ्नै नजरमा गिरेकी भएपनि त्यस्तो कुनै पश्चतापको बोध गरेकी थिइनन् ।

उनीहरू वीचको यो सम्बन्धमा अझ प्रगाढता आएको थियो । कहिले रेस्टुराँ कहिले काठमाण्डौं नजिककैको मनोरस्थलमा पुग्नु उनीहरूको साप्ताहिक कार्यक्रमकै रुपमा फस्टाएको थियो ।

"ममी ममी ड्याडीको फोन आयो ।" सानो छोराले आफ्नो हात समातेर झक्झक्याउँदा सीमा झसंङ्ग हुन पुगिन् ।

"सीमा मेरो अर्को आईतबारको लागी टिकट निश्चित भयो । म आउँदै छु ।"

श्रीमानको उत्साहले भरिएको कुरा सुनेर सीमामा कुनै खुसीका लहरहरू देखिएन ।

कुनै रस अनुभव गरिनन् त्यो भलाकुसारीमा सीमाले, केवल बिषादको गहिरो छाप देखा पर्‍यो । उनीलाई के गरौं कसो गरौं भयो ।

"आज त बिजयलाई नभेटी हुन्न ।" सीमाले निश्चय गरिन् र बिजयलाई फोन गरिन् । बिजयले आजकल अलिक आफूमा ध्यान नदिएको आभास गर्दै थिइन् । खै किन हो बिजयमा अकस्मात परिवर्तन देख्न थालेकी थिइन् ।

सीमाको पटक पटकको अनुनयपछि बिजय ग्रीनल्याण्डमा भेट्न सहमत भएको थियो ।

भोलिपल्ट सीमा निर्धारित समयभन्दा लगभग आधा घण्टा अगावै तोकिएको स्थानमा पुगेकी थिइन् । निकै बेरसम्मको प्रतिक्षामा सीमाले एउटा चिसो मगाएर आफ्नो मानसिक तनाव कम गर्ने कोशिस गरेकी थिइन् ।

बिजय ढिला आईपुग्दा सीमामा क्रोधाग्निले जमाएर बास गरेको थियो ।

दुबै मौन रहिरहे ।

"मेरो श्रीमान अर्को आईतबार आउँदै हुन्हुन्छ । के गर्ने?"

सीमाको यो प्रश्नको उत्तर दिन जरुरी ठानेन क्यारे चुपचाप बसिरह्यो ।

"किन केही नबोलेको? म के गरुँ? बैक ब्यालेन्स पनि धेरै छैन अब ।" सीम निकै उदसिन देखिन्थिन् यसो भनिरहदाँ ।

"आउन देऊ न । केही हुन्न म सम्हाल्छु ।" बिजयको यस्तो कुटिल प्रतिकृयाबाट सीमा केही राहत अनुभव गरिन् ।

"जसरी भए पनि त्यो अस्तिको नब्बे हजार फिर्ता गर अरुपछि जे गरे पनि गरौला ।"

सीमाले बोली नसकिंदै बिजय अलिक कठोर स्वरमा "तिमीलाई मेरो भन्दा बढी पैसाकै माया छ है?" भनेर भावानात्मक ब्ल्याकमेल गर्न खोज्छ ।

"हैन त्यसो भन्न खोजेकी हैन । तर श्रीमान आउनु भए पछि हरहिसाब पनि त देखाउनै पर्‍यो नि ।"

भएका बादलहरू मडारिन थालेको सजिलै देख्न सकिथ्यो ।

"ठिकै छ भोलि चोभारमा भेट मलाई । म पैसाको बन्दोबस्त मिलाउँछु ।" बिजयले आफ्नो गम्भीरता प्रदर्शन गर्दै भन्यो ।

सीमा ढुक्क भैइन् । भोलि भेट्ने वाचा सहित दुबै उठे । वेटरले बिल ल्यायो । सदा झैं सीमाले नै बिल तिरिन् ।

टन्टलापुर घामले गर्दा गर्मी बढ्दो थियो । सीमा चोभारमा पुग्दा बिजय आइसकेको थियो ।

"ल्यायौ त?" सीमाले हतास हुदैँ सोधिन् ।

"हेरन साथीले धोका दीयो । पैसा लिएर भागेछ । पार्टनरसिपमा काम गर्छु भनेर लिएको थियो ।"

बिजयको यस्तो बनावटी कुरा सुनेर सीमामा नैराश्यता देखा पर्यो । उनी ठुलो पहाडबाट गहिरो खाडलमा खसेको अनुभव गर्न पुगिन् ।

"मसँग अरु विकल्प छैन । मैले कसरी मुख देखाउने? बरु म तिमीसँगै जान्छु । घर फर्किने वातावरण छैन ।"सीमा अत्यासिएर भन्न थालिन् ।

"तर म अहिले तिमीलाई लैजान सक्दिन । मेरो आम्दानी केही छैन । म कसरी तिमीलाई राख्न सक्छु?" निर्ल्ज्ज हुदैँ बिजयले भन्यो ।

सीमा भावशुन्य हुन पुगिन् ।

"के रे? के भन्यौ? तिमी बिना म एकपल पनि बाँच्न सक्दिन भनेर मेरो जीवनसँग खेलवाड गरेर अहिले यस्तो निर्लज्जता देखाउन कसरी सक्यौ?" सीमा आक्रोशित भइन् ।

बिजयलाई मौनताले आलगंन गरेको थियो । सीमामा धैर्यताको बाँध फुट्यो ।

"पापी, धोकेबाज मेरो सबै विश्वासको घात गर्‍यौ ।" सीमा बिजयमाथि अनियन्त्रित हुदैँ झम्टन पुगिन् ।

सीमा निकै ज्याद्री भइन् । उनी जथाभावी बिजयको कपडा च्यात्न थालिन् । उसको अनुहार चिथोर्न थालिन् ।

"म कसरी तिमीलाई अपनाऊँ ? तिम्रो विवाह भैसकेको छ त्यसमाथि छोरा पनि छ ।"

बिजय पनि तीब्र प्रतिकृया जनाउन थाल्छ ।

"यो त मैले पहिले नै भनेकी थिएँ? के त्यसो भए मसँगको प्रेम को नाटक मात्रै थियो? मसँग भएको पैसामा मात्रै तिम्रो नजर थियो?"

सीमा झनै असन्तुलित अवस्थामा पुगिन् । पागल झैं बिजयलाई सक्दो झम्टिरहिन् ।

कतिखेर बिजयको हातहरू सीमाको घाँटीमा पुगिसकेछ । बिजयलाई होसै भएन । सीमाको एकहोरो आक्रमणले बिजयले पनि संयमता गुमाउन पुगेछ ।

केही छिनपछि त्याहाँ सीमाको निर्जिव शरीर लड्यो ।

बिजयका हातहरू काँप्न थाले ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 16
Tweet

Good

Bishwo (not verified) — Tue, 01/31/2012 - 05:43

Very creation.. keep it up..

  • reply

very ice creation.. keep it

Bishwo (not verified) — Tue, 01/31/2012 - 05:44

very ice creation.. keep it up

  • reply

Post new comment

(If you're a human, don't change the following field)
Your first name.
The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    22 hours 41 min ago
  • Nice
    2 days 3 hours ago
  • a sound poem!
    5 days 16 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 17 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 17 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 18 hours ago
  • ramro
    5 days 18 hours ago
  • Nice !
    5 days 22 hours ago
  • तीता पलका बारेमा
    6 days 21 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 21 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • मलाई माफ गरिदेऊ
  • म एक पात्र हुँ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • म एक पात्र हुँ
  • जिल्ल परे मान्छे
  • अनुरोध!
  • किन झर्छन तारा ?
  • शहीदहरुको सम्झनामा
  • कति दिन पो बित्छ र यस मान्छेसँग ?
  • बा
  • म रोए पनि तिमी हाँसिदिनु
  • तालुमा आलु फल्यो नभन्नू
  • दूबो
  • जाली माया लाउनु रैछ
  • हामी नेपाली
  • मलले सप्रिएको र हौसिएको बाली (१०६ औँ समजयन्ती)
  • चिठी तिमीलाई लेखुँ भन्छु
  • विराटनगर
  • कम्लहरी
  • मेरो पहाड
  • राउटेको मन
  • जीवनका गोरेटोहरू रहेछ
  • बैशालु यो हावा आयो
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित