Skip to content
20110612_RamBikramThapa_Census


सोधेपछि गणकले, भन्नु पर्छ नाम
नलजाई बताउने हो, जे छ आफ्नो काम
जात, भाषा, उमेर नि नढाँटेर भन्ने
दश वर्षपछि आयो मौका मान्छे गन्ने

सोध्दै, टिप्दै घर-घर गणक दाइ आयो
तीनदेखि तेह्र असार जनगणना छायो
एघारौँ पटक यो शताब्दी हो वर्ष
दश वर्षे महापर्व मनाऊँ सहर्ष !

कति-कति योजना र विकासका कुरा
तथ्याङ्क तथ्य भए मात्र हुन्छन् भोलि पूरा
खिचिदैछ गणितमा नेपालको फोटो
फाटिसके यस्तै गर्दा दशवटा भोटो

भन्नु पर्छ सोधे जति भएर खुलस्त
हामी जस्तै हाम्रो फोटो हुनेछ दुरुस्त
सोध्ने, भन्ने जताततै मौसम यो छायो
मेचीदेखि महाकाली जनगणना आयो !

फाक्टाङ- २, खोटाङ
मो.नं. ९७५३००४३६०

Leave a Reply

Your email address will not be published. Required fields are marked *