Skip to content

आफ्नै मेहेनतले, पत्थर फोर्न चाहने मान्छे हुँ म


आफ्नै मेहेनतले, पत्थर फोर्न चाहने मान्छे हुँ म
मलाई कमजोर नसम्झ प्रिय
आकाश-पाताल जोर्न चाहने मान्छे हुँ म ।

हुन सक्छ कुनै बेला भक्कानेर रोएँ होला
विवशताले गर्दा कसैको पाउ छोएँ होला
सुनामीको छाल बनी, बाधा सोर्होन चाहने मान्छे हुँ म
मलाई कमजोर नसम्झ प्रिय
आकाश-पाताल जोर्न चाहने मान्छे हुँ म ।

भित्रैदेखि महसुस गर, थाहा पाउने छौ
म डुबेको पीरको त्यहाँ दह पाउने छौ
पीरको आगमन हुने द्वार, फोर्न चाहने मान्छे हुँ म
मलाई कमजोर नसम्झ प्रिय
आकाश-पाताल जोर्न चाहने मान्छे हुँ म ।

राजेश रुम्बा लामा “अतृप्त”
१२-०६-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *