Skip to content

श्रोत्र नेत्रको बाटो गरी हृदयमा पस्छन्


श्रोत्र नेत्रको बाटो गरी हृदयमा पस्छन्
ज्योतिरुप धारण गरी भृकुटीमा बस्छन् ।
बहिर्मुखी भयौं भने दर्शन पाइँदैन
अन्तर्मुखी भयौं भने हरि टाढा छैन ।।

इन्द्रिय, बुद्धि सम्हालेर एक चित्त भए
दर्शन मिल्छ हरिको भक्तिमा मन गए ।
सबै जना आआफ्नै कर्मको फलमा पर्छन्
अन्तर्यामी सर्वेश्वरले फल दिने गर्छन् ।।

सबै आत्माभित्र घुसी षडरस खान्छन्
शब्द, रङ्ग, रुप, स्पर्श, गन्ध पनि तान्छन् ।
भिन्न भिन्न रुची हुन्छ कर्म अनुसार
सरसंगतको रंगले नै बन्छ व्यबहार ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *