Skip to content


बिचार गर्दा देशको प्रगतिको,
हिजो आज नेपालमा करोडपति छन कत्ति
हिजो अस्ती साइकल चड्ने माइकल आजकाल चड्छ ठुलो हात्ती
हात्ती चड्ने माइकलको ‘होता है’ धेरै साथी ।

भ्रष्ट-आचार, तरकारी सबै पकायो, खायो
चाट्यो, चटायो, पियो, पिलायो
लुट्नु लुट्यो, कुट्नु परे राम्ररी कुट्यो
भक्ति गर्‍यो, भक्त बनायो
धन-सम्पत्ति बेसरी बट्युल्यो
ठुलो घर बनायो।

घरमा गाडी भित्र्यो
गाडीबाट ठुला ठुला नेताहरू सँगै उत्र्यो
देश बिदेश डुल्यो
जोगी माहाभोगी भयो।

अब
पैसा त कमाइयो, इज्जत पनि किनियो,
अझै ठुलो मान्छे बन्ने बिचार आयो
समाज सेवा, सघं-संस्थामा हात हाल्यो
राजनीति गर्‍यो, दुई-चार पैसा चडाएर, दुई-चार करोड हात पार्यो।

देश त डुब्यो, डुब्दैछ, देशको यत्रै-सिती !
संबिधान नयार के भयो र?
के भयोर राम्रोसँग नआएर बत्ती?
देशको बालीनाली बिग्रिएर के भयो र?
सप्रिएका छन यी मुलामुली !

हे जनता, ‘जिसे कोही नहीं जानता’, किन जान्छौ पशुपति?
अब कुन मन्दिरमा जान्छौ यात्री, कुन सामाग्री लाने हो भन्ने दिन गैसक्यो
अब माइकल भगवान भईसक्यो, मन्दिर त उसकै सामाग्रीले बनेकै छ
अब खाली उस्को मूर्ती बनाएर पूजा गर्न मात्रै बाँकी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *