Skip to content

मेरो स्वतन्त्र खोसी आफ्नै हैकम चलाउँछौ भने


मेरो स्वतन्त्र खोसी आफ्नै हैकम चलाउँछौ भने
चाहिन्न तिम्रो माया शंकै शंकाले जलाउँछौ भने (१७)

जहाँ माया त्यहाँ विश्वास पक्कै ‘हुनु’ पर्थ्यो
म रेट्ने पीरको धारले त्यता ‘छुनु’ पर्थ्यो (१५)
अघि बढ्न खोज्दा यी पाइला तिमी गलाउँछौ भने
चाहिन्न तिम्रो माया संकै संकाले जलाउँछौ भने (१७)

कसरी विश्वास दिलाऊँ कुनै ‘बाटो’ छैन
देखाई सके मेरो सारा कुनै ‘पाटो’ छैन (१५)
ममाथि पीरको सँधै तिमी ज्वाला बलाउँछौ भने
चाहिन्न तिम्रो माया संकै संकाले जलाउँछौ भने (१७)

मेरो स्वतन्त्र खोसी आफ्नै हैकम चलाउँछौ भने
चाहिन्न तिम्रो माया संकै संकाले जलाउँछौ भने

राजेश रुम्बा लामा “अतृप्त”
१५-०६-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *