मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिम्रो लागि
kkskals — Thu, 06/16/2011 - 23:53
तिम्रो लागि...
Posted on Thursday, June 16, 2011 No Comments
Labels: गजल
Share
गजल
हाँसो दिई आफू आँसु, पिएको छु तिम्रो लागि
रित्त्याएर मायामोह, दिएको छु तिम्रो लागि
बर्षौ बर्ष पर्खीबसी, तिमि पाउने आशामा
जिन्दगि नै मायामारी, खिएको छु तिम्रो लागि
के नै अर्थ रह्यो मेरो, बिना तिम्रो अभावमा
मर्छुमर्छु भनेरनी, जीएको छु तिम्रो लागि
थोत्रोबनि च्यातिसक्या, सबैसबै मायामेरा
प्रेमको धागोले मन, सिएको छु तिम्रो लागि
बिछोडिइ आफूभित्र, चोखो माया दिनलाइ
आफूसंगै आफ्नोमाया, लिएको छु तिम्रो लागि
लाखौं बिन्ति गर्दापनि, नपाएर साथ तिम्रो
कर्कलाको पातमा म, अडेको छु तिम्रो लागि
आरोह अवरोह.....
Posted on Monday, June 13, 2011 No Comments
Labels: आफ्नै कुरा
Share
मैले ब्लग लेख्न सुरु गरेको पनि दुइबर्ष बितिसकेछ । सुरुसुरुमा धेरै कठिन प्रयास गरि जानीनजानी ब्लग चलाउन सुरुगरेको थिएँ मैले । ब्लगको मुहार राम्रो बनाउनको लागि मैले रातारात नसुतेर पनि बनाउने गर्थे । ती मेरा सुरुका दिनहरु सम्झदा अहिले यो मेरो ब्लगलाइ मेरो जिन्दगि भरिनै समय दिन्छु जस्तो लागेर आउँछ, जस्तो सुकै बाधाहरु आइपरेपनि । हेरौं अब कति सम्म अघि बढ्न सकुँला ?
ब्लगको नयाँ डिजाइन
लेख्ने कुराहरु धेरै छन् , तर यो बिदेशी व्यस्तताले गर्दा मैले चाहेर पनि ब्लगलाई त्यति धेरै समय दिन सकिरहेको छैन । फुर्सदको बेलामा केहि गजल, कविता, कथा, स्थान परिचय लगायतका सामाग्रीहरु लेखेर पस्कने गरेको छु । सायद मेरा यी रचनाहरु त्यति राम्रा त छैनन् होला तर पनि मैले लेख्ने काम भने छोड्न सक्दिन । त्यसैले निरन्तर लेखि रहने विश्वास दिलाउन चाहन्छु ।
धेरै समय बितिसकेपछि आफुलाई मन पर्ने यहि ब्लगको डिजाइनमा अलिकति चित्त बुझेन जस्तो महसुस भयो मलाई, त्यसैले मैले मेरो ब्लगको डिजाइनमा केहि फेरबदल गर्ने कोसिस गरेकोछु । अनि ब्लगको टाईटल पनि परिबर्तन गरेर आरोह अवरोह राखेको छु । तपाईहरुलाई कस्तो लाग्यो मेरो यो नयाँ ब्लगको डिजाइन? के गर्दा राम्रो हुन्छ होला? सल्लाह सुझाब दिनुभयो भने म आभारी हुनेथिएँ ।
बाँकि अर्को भेटमा ........
दिमाग खराब भो
Posted on Thursday, June 09, 2011 No Comments
Labels: गजल
Share12
गजल
कृष्ण के श्रेष्ठ"काल्स"
म संग आइनौ, दिमाग खराब भो
पिरती लाइनौ, दिमाग खराब भो
कसरि गरूँ म, विश्वास तिमीलाई?
कसमै खाइनौ, दिमाग खराब भो
प्रेम पत्र मैले , जतिसुकै लेखुँ खै ?
फिर्ता पठाईनौ, दिमाग खराब भो
तिम्रैलागि भनि, लेखिएका गीतमा
स्वर भै गाइनौ, दिमाग खराब भो
बिरक्तेर एक्लै, हुँदा म एकान्तमा
आई फ़काइनौ, दिमाग खराब भो
आफूभन्दा धेरै, गर्दा नी मायामोह
मनमा छाइनौ, दिमाग खराब भो
मैले रोइ बस्दा, आफु मात्र हाँसेर
किन हसाइनौ, दिमाग खराब भो
- 5057 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
21 hours 54 min ago - आभार
1 day 17 hours ago - बहुत खुब कहिल्छि ।
4 days 16 hours ago - आभार प्रकट गरे
6 days 15 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 17 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 13 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 13 hours ago - एकदम सान्दर्भिक
1 week 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- पुराना कुरा
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- देशभक्त हुँ म
- चर्चित नेपाली यौनकथा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
Last viewed:
- जीवन एक सुन्दरता र मृत्यु एक सत्यता
- मेरो देश नेपाल
- सुन्दर नगरी पोखरा
- जुवेदा खातुन
- गजल (मेरो हासो तिमीलाई)
- आरम्भ अर्थात् सुरुआत
- दुखी जिन्दगी
- जीवित नायकको आत्मकथा
- जसोतसो जिन्दगी यो
- भेना भन्दै जिस्किरहने (कमेडी गजल)
- पुराना कुरा
- चोटिलो तर पठनीय
- एडलाइड घुम्दा
- घुम्तीनिर फेरि भेट भो
- मेरो सपना
- गोसाइँकुण्डको यात्रा
- मृत समयको लेखन
- दशैं
- पिरती बसालौं
- भावनासँग खेल खेल्नेलाई
- यतै आऊ पुतली (बालकविता)
- पछिल्ला रचनाहरू
- हँ हम स्त्री छी
- नेपोलियन बोनापार्टको पत्र जोसेफिनको नाममा
- भाइ टीका
- म मौनतामा अल्झिरहेको
- कथाको कथा
- मेरो love story......
- पहाडको गाउँ
- नेपाल आमा (गजल)
Post new comment