Skip to content


कन्चनजंघा बोकेको छ मेरो जन्म ठाउँले
चिनिन्छ त्यो मेची अंचल ताप्लेजुङका नाउँले
पाथीभरा मनाभारा कानेखुशी गर्छन
चौरी गाई र अर्ना भैंसी लेकैभरि चर्छन ।

तमोर खोला, मेवा खोला, कबेलीको पानी
सदाबहार सुसाउने गज्जबको छ बानी
पाथीभरा शिरमाथि पाथीभरा काली
ईच्छाएको बर दिन्छिन पठाउदिनन् खालि ।

बनैभारि साल, सल्ला, धुपी, सतीसाल
फलफुल पनि मनग्गे छ्न् आँप, कटहर
सुन्तला र जुनार अनि कागतीका बोट
देख्दै खेरि रसाउँछन पथिकका ओठ ।

तीर्थ गर्न पाथीभरा, अनि महादेव स्थान
सजिलो छ हवाई मार्ग ताप्लेजुङ् जान
लहलह धान झुल्ने बेंसीका ती फाँट
एक पटक घुम्न जाने गरौं सबले आँट ।

तीर्थ “यात्री” पौडेल
नोट: पर्यटन बर्षको उपलक्षमा,

1 thought on “ताप्लेजुङ”

  1. ताप्लेजुङ् देख्ने
    ताप्लेजुङ् देख्ने बितिकै मेरो मन झसङ भयो । धरै पल्ट पढे ,मन बिस्तारै ताप्लेजुङ अनी नागेस्वरीको उकालोमा हिडाए । मिठो कबिताको लागि आदरणिय दाजु ‘यात्री’लाई मुरी मुरी धन्यबाद ।बितिकै मेरो मन झसङ भयो । धरै पल्ट पढे ,मन बिस्तारै ताप्लेजुङ अनी नागेस्वरीको उकालोमा हिडाए । मिठो कबिताको लागि आदरणिय दाजु ‘यात्री’लाई मुरी मुरी धन्यबाद ।

    बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *