• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

राजकुमारी सम्पदा

kbs — Sun, 10/05/2008 - 16:51

  • आधुनिक कथा
  • बबिता बस्नेत
  • हिमाल खबरपत्रिका

बगैंचामा लास... लौ न, बगैंचामा स्वास्नीमान्छेको लास...

एकाएक माली चिच्याएपछि दरबारभरि सनसनी फैलियो। अनुहार घोप्टो परेकोले तत्काल चिन्न कसैले सकेन। मानिसहरू जम्मा हुँदै गएपछि भीडबाट कसैले भन्यो― सम्पदा सरकार! लौन सरकारलाई के भयो?

बगैंचामा लडिरहेको स्वास्नीमानिसको मृत शरीरलाई ठूलो सुरक्षा घेराबीच एम्बुलेन्समा राखेर अस्पताल लगियो। उनलाई नजिकबाट चिनेका र उनको जिन्दगीको वास्तविकता बुझेकाहरूले पनि यसै हो भन्न सकेनन्। नेपाल देशकी एउटी राजकुमारीको कथा हो यो। कथा यसरी सुरु भएको थियो।

बाइपङ्खी घोडा लिएर एक दिन राजकुमार आउनेछन्... मुस्कुराउँदै हातभरि फूलका गुच्छा र अँगालाभरि माया बोक्दै हाम्री राम्री राजकुमारीलाई भेट्नेछन्... परीको भेषमा घोडामा चढाएर लानेछन्... राजकुमारलाई भेटेपछि राजकुमारीले मलाई बिर्सनेछिन्... म दुःखी मन लिएर यही बगैंचाको वरिपरि घुमिरहेकी हुनेछु...। धाईआमाले यति भनिसकेपछि मुख थुनिदिँदै राजकुमारीले भनिन्― नाइँ... त्यसो भन्न पाइन्न... म आमालाई बिर्सिन्न। त्यतिबेला धाईआमाले भन्थिन्― हेरौंला...!!

दिन बित्दै जाँदा राजकुमारी ठूली हुँदै गइन्। केटीहरू मात्रै पढ्ने स्कूलमा उनको पढाइ शुरु भयो। धाईआमाले प्रत्येक बिहान काखमा राखेर बगैंचा नजिकको बाटो देखाउँदै भन्न छोडेकी थिइनन्― ऊ... त्यही बाटो भएर एकदिन राजकुमार आउनेछन्... सलक्क परेको शरीर... मायालु मुहार... फूलैफूलको बीचमा मेरी राजकुमारीलाई दुवै हातमा समातेर भन्नेछन्― राजकुमारी सम्पदा, म तिमीबिना एक्लो-एक्लो भएको छु, तिमीबिनाका हरेक क्षण मेरा लागि शून्य-शून्य भएका छन्, तिमीलाई भेट्न म कति अधीर थिएँ भन्ने कुरा कसरी बताउँ्क?

आफूले जानेबुझ्ेदेखि यही संवाद सुनेर हुर्किएकी राजकुमारी किशोरावस्थामा भने अलि प्रतिवाद गर्न थालेकी थिइन्― तपार्इं सधैं यसो भन्नुहुन्छ, खै त राजकुमार अहिलेसम्म आएनन्? उमेर र कक्षा बढ्दै गएपछि साथीहरू आ-आफ्ना ब्वाइफ्रेन्डको कुरा गर्न थाले, उनी उही राजकुमारको प्रतीक्षा! धेरै पछि थाहा भयो― यो देशमा कुनै राजकुमार उनलाई लिन आउने छैनन्, किनभने यहाँ एउटै राजा र तिनका छोरा, आफ्नै दाजुभाइ, मात्रै राजकुमार छन्। यो वास्तविकतालाई आत्मसात् गर्न उनलाई निकै समय लागेको थियो।

फुपूहरूको विवाह प्रायः भारतमा भयो― राजपूत खान्दान या पूर्वराजा-महाराजाका सन्तानसँग। जिन्दगीलाई बुझन थालेपछि असहज लाग्ने धेरै कुरा देखिए। दाजुभाइहरू कुनै पनि बेला दरबार बाहिर निस्किन र भित्र छिर्न सक्थे, उनी भित्रै अत्यन्त कडा अनुशासनका बीच रहन्थिन्। साथीहरूसँग कहीँ जाँदा पनि ठूलो र सम्भ्रान्त लाग्ने वा ठानिने परिवारमा मात्रै जान पाउँथिन्, सर्वसाधारणका घरमा जान सक्दिनथिन्। आफ्नै देशका गाउँघर, वन-जङ्गल, खोला-नाला, भीर-पहरा उनका निम्ति अपरिचित थिए। स्कूल, पढाइ, दरबारमै शिक्षिका आएर पढाउने ट्युसन, चाडबाडमा बाबुआमाको सामीप्यता, अरू बेला उही धाईआमा, सुसारे केटीहरू र त्यही बगैंचा भएर उनको किशोरावस्था बित्यो।

केटाहरू मन नपरेका होइनन्। कोही आफन्तका विवाहमा, कोही स्कूले साथीकहरूकहाँ, कोही राजकीय समारोहहरूमा भेटिन्थे, तर उनीसँग आँखा जुध्नेबित्तिकै सबै आँखा झ्ुकाउँथे। राजकुमारीसँग सामीप्यता बढाउनु उनीहरूका लागि रोमाञ्चकारी जोखिम हुनसक्थ्यो। त्यसैले उनीसँगको भेट अत्यन्तै प्रिय लागे पनि प्रेम अभिव्यक्त गर्ने हिम्मत कसैले जुटाउन सकेनन्। आफ्नो राजकुमारको छवि केही केटाहरूमा उनले पक्कै देखेकी थिइन्, तर ती एक झ्लकमै सीमित रहे। सम्बन्ध भन्ने कुरा एउटा देखभेटमै अगाडि बढ्ने पनि होइन।

एक्लै हुँदा प्रायः उनी उही राजकुमारको बारेमा सोच्ने गर्थिन्। जीवनमा पुगीसरी आएपछि सोच्ने कुरा धेरै हुँदैनन्। एकदिन धाईआमासँग उनले सोधिन्- आमा, खै मलाई भेट्न राजकुमार आएनन् त? आमाले भनिन्― अब चाँडै आउनेछन्, सरकारहरूबाट हुकुम भएको― हजुरको विवाहको कुरा चलिरहेको छ रे।

मेरो विवाह? कोसँग? आश्चर्य मान्दै उनले भनिन्। आफूले जिन्दगी बिताउने कुरा आफैंलाई थाहा नहुँदा नरमाइलो लाग्यो। पछि फेरि चित्त बुझाइन्― हाम्रो खुसीले यहाँ के नै पो चल्छ र? के अर्थ राखेको छ र? महारानी सरकारको इच्छा महाराजको इच्छामा कैद छ। मुमा, जिजुमुमा महारानीहरूको चाहना पक्कै बुबा, जिजुबुबा सरकारहरूमै निहित थियो होला। भोलि भाउजू महारानीहरू भित्रिनेछन्, उनीहरूले पनि मेरा राजकुमार दाजुहरूको इच्छामा आफ्नो जिन्दगी समर्पण गर्नुपर्नेछ। पशुपतिको मन्दिरमा जान उनीहरूले तीज पर्खिनुपर्नेछ। राजकीय समारोहहरूमा चिटिक्क परेका पुतलीझै बनेर सहभागी हुनुपर्नेछ। मनमा जे भए पनि अरूका अगाडि मुसुक्क मुस्कुराउनु उनीहरूको धर्म हुनेछ। म राजकुमारी यो दरबारको मान, मर्यादा र अदब नै मेरो कर्तव्य हो। यसबीचमा यस्ता थुपै्र कुरा बुझ्िसकेकी थिइन् उनले।

विवाहको निम्ति कुरा छिन्ने समारोहमा आफ्नो जीवनसाथी देख्दा झ्सङ्गै भइन्। खै बझ्ाङ, बाजुरातिरका पहिलेका राजाका सन्तान रे, फुपूज्यूहरू एकातिर बसेर कुरा गरिरहेका थिए। छोटो-छोटो कदको, मुस्कुराहट पनि व्यङ्ग्यझै लाग्ने तिनलाई देखेपछि उनको सपनामा पहिरो मात्रै गएन बाल्यकालदेखि वरिपरि घुमिरहेको राजकुमारको मृत्यु पनि भयो।

कुरा छिनेको दिनदेखि नै दरबारमा तिनलाई कुमार रूपकका नामले पुकार्न थालियो। कुरा छिनेदेखि राजकुमारीको हाँसो हराएको महसूस गरिरहेकी धाईआमाले एक साँझ् भनिन्― सम्पदा महारानी, कुमारसाहेव हेर्दा त्यति राम्रा नभए पनि मनको एकदमै राम्रो होइबक्सिन्छ जस्तो छ। दुःख नमानिबक्स्योस्, हजुर खुसी होइबक्सिन्छ। त्यसअघि आमा महारानीले पनि भनेकी थिइन्― राजकुमारी सम्पदा, केटा राम्रै हो भन्ने सुनिएको छ। तिम्रो इच्छाअनुसारको महल बन्नेछ। चाहेका सुसारेहरू लान पाउनेछ्यौ। दुःख हुनेछैन।

सानैदेखि आफूअगाडि आउने राजकुमारको छविको मृत्यु स्वीकार्न उनलाई निकै समय लाग्यो। आफ्नोपन र पे्रम होइन, मलाई डर लागिरहेको छ आमा, एक साँझ् सम्पदाले धाईआमासँग भनिन्। उनी आमा महारानीसँग भन्दा खुलेर कुरा गर्थिन् धाईआमासँग। आफूले बाल्यकालदेखि देखाइदिएको सपनाप्रति ग्लानिबोध भइरहेको थियो धाईआमालाई। तैपनि भनिन्― माया त सँगै बसेपछि हुने हो, अब कुमार रूपक नै हजुरको पे्रम हो, जिन्दगी हो।

राजकीय शानसँग राजकुमारीको विवाह सम्पन्न भयो। दरबारको विशाल कम्पाउन्डमा चरणबद्ध रूपमा विभिन्न पेशा र व्यवसायका मानिसहरूलाई छुट्टाछुट्टै निमन्त्रणापत्र गए। विभिन्न प्रकारका फूलहरूसहित धुपीका रूखले झ्पक्कै ढाकेको दरबार परिसरमा भएको पार्टीमा कुनै कुराको कमी रहेन। राजकुमारीलाई उनकै नाममा निर्माण गरिएको सम्पदा सदनमा भित्र्याइयो। विवाहको पहिलो रात आम दुलहीहरूलाई जस्तै राजकुमारीका निम्ति पनि सङ्कोच, भय, उत्साह लिएर आएको थियो। कुमार रूपक भित्र पसेपछि उनले मुस्कुराएर भनिन्― राजहोस् न। रुखो आवाजमा ठीक छ भन्दै छ्यानमा पल्टिएर उनले राजकुमारीसँग जे-जे गरे त्यसमा कुनै आफ्नोपन भने भएन।

रूपकका निम्ति मनोरञ्जन बनेको सुहागरात राजकुमारीका निम्ति पीडादायी बन्यो। राति दुईजनाबीच खासै कुरा भएन। उनले यति भने, दरबारको अदप राख्न सकिएन भने अन्यथा नलिइयोस्। त्यो रात बाल्यकालदेखि आफ्नो मनमा धाईआमाले राखिदिएको राजकुमारले ढोकाबाट छिर्नासाथ मुस्कुराउँदै हात समातेर छुँदा पनि दुख्ला कि झ्ैं गरेर सतर्कतापूर्वक बिस्तारो-बिस्तारो स्पर्श गर्दै हजुर त मेरो जिन्दगी हो सरकार भनेको कुराहरू सम्झ्िएर उनले अनिँदो रात बिताइन्।

बिहान रूपक ढिलो उठे, गुडमर्निङको आदान-प्रदानपछि उनलाई लाग्यो― एटिच्युड नै खराब भएको मान्छेचाहिँ होइन जस्तो छ, जसरी भए पनि मैले अपनाउनु नै छ। विवाहको पहिलो हप्ता भोज, दुल्हन फर्काउने आदि कुराको रमझ्ममै बित्यो।

धाईआमाबाहेक उनलाई कसैले उनी खुशी छन्, छैनन् भनेर कसैले सोधेन। यस्तो सुविधासम्पन्न घर, मोटर, सुसारे, नोकरचाकर, धनसम्पत्तिजस्ता सम्पन्नताबीच कोही दुःखी हुनसक्छ भनेर कसैलाई लाग्ने कुरा पनि भएन। राजकुमारी आफैंलाई पनि त्यति दुःख महसूस भएको थिएन, यद्यपि जिन्दगी सम्झ्ौता हो भन्नेचाहिँ शुरुको दिनमै लागेको थियो।

दिनहरू बित्दै गएपछि राजकुमारीलाई जीवन सम्झौताभन्दा अलि बढी नै लाग्न थाल्यो। दरबार या अन्य नातेदारका घरमा हुने पार्टीहरूमा कुमारसाव नम्र र संयमित रूपमा प्रस्तुत हुन्थे। राजकुमारीलाई सम्बोधन पनि सरकार भनेरै गर्थे। तनावपूर्ण रातहरू चाहिँ स्वाभाविक जीवनशैली बनिसकेको थियो। मदिरा पिएपछि कुमार सुत्न दिँदैनथे। मदिरा नपिएको दिन हुँदैनथ्यो। पिएपछि प्रायः उनका शब्दहरू उस्तै-उस्तै हुन्थे― तैंले के भन्ठानेकी छेस् आफूलाई, म पनि आफ्नो ठाउँको राजाकै छोरा हुँ...! राजकुमारीले केही भनेकी हुन्नथिन्, आफैंमा कम्प्लेक्स भरिएको थियो उनको दिमागमा। राजकुमारीका दिदीबहिनी पनि थिए। नजिकै बस्थे पनि, तर उनले आफ्नो दुःख कहिल्यै बाँडिनन्। बाबुआमा र दाजुभाइले यो कुरा थाहा पाए भने केसम्म गर्लान् भन्ने भयले उनले मौनता साँधिरहिन्।

यसैबीच उनका छोराछोरी जन्मिए। पहिलोपटक गर्भवती हुँदा उनलाई लागेको थियो, पे्रमबिनाका सम्बन्धहरूबाट त छोराछोरी नभइदिएको भए हुन्थ्यो नि! तर, बच्चा पाएपछि सुखद् अनुभूति नै भयो। तिनीहरूलाई आफ्नो बाँच्ने सहाराका रूपमा लिइन्। पारिवारिक र अन्य समारोहहरूमा उनी हाँसिरहेकी हुन्थिन्, तर मन हाँस्न सकेको थिएन। शारीरिक दुर्व्यवहार र कुटपिट सहनु नयाँ कुरा थिएन।

हुँदाहुँदा कतिसम्म भयो भने, एकदिन कुमारसावका केही गाउँलेहरू उनलाई भेट्न सम्पदा निवास आइपुगे। त्यस्तै ११ बजेको हुँदो हो, बिहानदेखि नै रूपक मदिरामा रमाइरहेका थिए। गाउँलेहरूले दर्शन टक्र्याएपछि उनले राजकुमारीलाई बैठककक्षमा बोलाए। राजपरिवारको त्यत्रो शान, सौकत छाएको बेला राजकुमारीलाई भेट्न पाइनेभो भनेर गाउँलेहरू खुसी भए। उनी आएपछि सबैले उठेर दर्शन मात्र के भनेका थिए, रूपकले लात्ताले राजकुमारीको पछाडिको भागमा हाने। गाउँलेहरूको जीउ सिरिङ्ग भयो। राजकुमारी रुँदै भित्र गएपछि उनले भने, देख्यौ, तिमीहरूले सोचेका होलाऊ, म राजाकी छोरी विवाह गरेर उसको अण्डरमा बसेको छु। तर होइन, मैले यसलाई यसैगरी राखेको छु। उनी बोलिरहे पनि वातावरण स्तब्ध बनेको थियो। केही छिनपछि गाउँलेहरू उठेर हिँडे, बाटोमा कसैले भन्यो, खै मलाई त आफ्नै दिदीबहिनीमाथि अत्याचार भए जस्तो लाग्यो। कसैले त्यस्तो दृश्य देख्दा पनि केही गर्न नसकेकोमा ग्लानि प्रकट गरे।

बिस्तारै-बिस्तारै आमा र दिदीबहिनीले उनको तनावपूर्ण सम्बन्धको खोजी गर्न थाले। एक दिन त मुख फोरेरै सोधे पनि। सधैँ कहाँ तयार हुन सकिन्छ र?, शुरुमा उनले यति मात्रै भनिन्। केही दिनपछि बिस्तारै भनेकी थिइन्- एउटै कुरा दोहोर्‍याइरहेको र जतिबेला पनि मनपरी बोलिरहेको मलाई एकदमै मन पर्दैन। जब म सुत्न खोज्छु, उसले के-के भन्न शुरु गर्छ। आनन्दले सुत्न पाउनु पनि सपनाजस्तै भएको छ।

छ्यानको सम्बन्ध नै तनावको प्रमुख कारण भएको कुरा सहजै अनुमान गर्न सकिन्थ्यो। सँगै बस्न सक्ने अवस्था नरहे पनि छुट्टिन उनलाई दरबारको इज्जतले दिँदैनथ्यो। त्यसैले त्यतातिर उनले सोच्ने हिम्मतसम्म पनि गरिनन्। तर, बेलाबेलामा मनमा लाग्थ्यो― यदि म साधारण परिवारकी छोरी भएकी भए आफ्नो जिन्दगीका बारेमा सोच्न सक्थें, पर्दाभित्रका सम्बन्धहरूलाई जबर्जस्ती लुकाउनुपर्ने थिएन। यता, समारोहहरूमा उनलाई देख्ने उनकै उमेरका कतिपय महिलाहरू भने कल्पना गर्थे― म पनि यस्तै राजकुमारी भएकी भए...!

दिनहरू बित्दै गए, छोराछोरी हुर्कंदै जाँदा उनलाई तिनका अगाडि चाहिँ लोग्ने नकराइदिए हुन्थ्यो जस्तो लाग्न थाल्यो। तर, अभ्यस्त बानी छुट्न सजिलो थिएन। धेरैजसो अवस्थामा उनलाई लाग्थ्यो― हाम्रो मानसिक स्तर नै मिलेन। तर जे-जस्तो भए पनि राजकुमारीले कुमारलाई अपनाउने कोशिश भने गरिरहिन्।

यता बच्चादेखि राजकुमारीलाई सपना देखाउने धाईआमाको मृत्यु भयो। त्यसअघि नै आमा महारानी र बुबा महाराजको मृत्युले उनलाई एक्लो झ्ैं बनाइसकेको थियो। छोराछोरी र नातिनातिनाहरू थिए, तर उनीहरूसँग सबै कुरा खुलेर गर्न सक्दिनथिन्। उनका अत्यन्तै लामो जिन्दगीका दिन र रातहरू कहिल्यै आङमा घाम नलागी बिते।

फुलेको कपाल, जीर्ण शरीर र अधुरा सपनाहरू लिएर एकदिन उनी आफ्नो माइतीघरको उही पुरानो बगैंचामा पुगिन्। कुनैबेला जिन्दगीको रोमाञ्चकारी सपना देखाउने त्यो बगैंचा र ती फूलहरू फुङ्ग उडेका आकृति झ्ैं लागे। उही आकार, प्रकार र रङमा प्रकृतिभन्दा बाहिर जान नसकेर धेरै निराशाहरूबीच पनि जबर्जस्ती फक्रिरहेका। राजकुमारीलाई आफ्नो जीवन र ती फूलहरूबीच तुलना गर्न मन लाग्यो।

बगैंचामा बूढा रूखहरू छक्रक्क परेर हिउँद काटिरहेका थिए। ती बाल्यकालमा उनले देख्दा झै कल्कलाउँदा बिरुवा र फक्रँदा फूलहरू थिएनन्। कठ्याङ्ग्रिँदा हिउँद हुन् या मुसलधारे वर्षा, तिनले फुल्नै पर्थ्यो। उनको पनि रहरलाग्दा सपनासहितको कल्कलाउँदो बैंस जिन्दगीको बाटोमै कतै छोडिएको थियो, पीडादायी सम्बन्धका बीच पनि छोराछोरी भएका थिए। टुक्रिएर जति कोशिश गर्दा पनि जोडिन नसकेको मन र थकित शरीर लिएर उनी पनि आफू जाने दिनहरू पर्खिरहेकी थिइन्।

स्वर्गीय बाबुआमा, शुरु नै नभई सकिएका जीवनका आकाङ्क्षा, आफूलाई अत्यन्त माया गरेर हुर्काउने धाईआमा, जिन्दगीभर अपनाउन कोशिश गरिरहेको आफ्नो पति, समग्रमा उपलब्धिविहीन जिन्दगी...! सोच्दासोच्दै उनलाई आकाश घुमेझै भयो। बगैंचाका फूलहरू र्तिर-पर्तिर गर्न थाले। त्यो धर्मरका बीच उनले यति मात्रै भन्न पाइन्- हे ईश्वर अब मलाई अपनाऊ!!

हिमाल खबरपत्रिका पूर्णांक २२७

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 143
  • 2204 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • अनावश्यक
    4 days 14 hours ago
  • महाशय दर्जाको कुरा गर्दा
    1 week 1 day ago
  • डोटेली मुक्तक!!! तैँ जैसित "
    4 weeks 3 days ago
  • पर्तिकिर्यो तो देखि ना अभितक
    4 weeks 6 days ago
  • केही सच्याइएको छ।
    5 weeks 17 hours ago
  • हम करै तो । केहु नकरै ।
    5 weeks 3 days ago
  • क्रन्धन
    6 weeks 1 day ago
  • ए मित्र क्रन्धन भन्ने शब्द नै
    6 weeks 1 day ago
  • Hom sir ! THANKS FOR your suggestion and affection
    6 weeks 5 days ago
  • सम्पादकले सम्पादन गर्नुभएको
    10 weeks 5 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • दिदीकाे पुकार
  • चर्चित नेपाली यौनकथा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • पछिल्ला रचनाहरू
  • आँसु हाँसो मिलन बिछोड
  • आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • तिमीलाई जन्मदिनको शुभकामना
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • तिहार तिमी.......!
  • तिहारको शुभकामना चेलीलाई
  • विद्यार्थी हुँ म
  • सबैको साथ
  • ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)

Last viewed:

  • नम्रता
  • त्यो अबोध बालक
  • शीर्षक के हो ? (मुना २०६६ असार)
  • शब्द
  • फूल
  • अनेसास गजलगङ्गा
  • मिस्ड कल सार्वजनिक
  • विद्यार्थी हुँ म
  • घनघस्याको उकालोदेखि ऐसेलुखर्कसम्म
  • मेरो प्रेम पत्र पढी मन कहिल्यै नदुखाउनु
  • रात रहे... !
  • ब्याक्टेरिया र भाइरसको सपना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • दस हजार तालको राज्यमा घुम्दा
  • अामा
  • मेची क्याम्पस भद्रपुरकाे सूचना
  • हजारौ गल्ती तिम्रा मायामा भुलिदिन्छु
  • म, इन्टरनेट र स्रष्ठा सर्मीला खड्का दाहाल
  • मे दिवस
  • तिम्रो अंश हुँ म
  • याद
  • नेपाली गजल संग्रह प्रकशनबारे मझेरी डट कमको सूचना
  • टाइगर हिलको सूर्य र मेरो करेसो
  • छैन आज कुनै सपना
  • मझेरी भलाकुसारी, अंक ११ (सूर्य चेम्जोङ)
  • मलेसिया श्रम कि सेक्स ? (कथा)
  • "छापामारकी स्वास्नी" कथाभित्र लुकेका जनसरोकारका पन्ध्र दृष्टि
  • मेरो साथी पुतली
  • दुई आत्मा मिलाएर परेवाझैं जोडी
  • नाक
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित