Skip to content


मैले डराई-डराई उनको अगाडि भने “आई लभ यु मीरा ।”

उनले भनिन्, “हजूर, के भन्या । मैले सुनिन ।”

मैले अलि हिम्मत जुटाएर उनको आँखामा हेर्दै भनें “आई लभ्यू, तिमीलाई धेरै मनपराउँछु ।”

एक थप्पड मेरो गालामा हिकाईन् उनले । म डराएँ, अब के हुने हो? । तर उनले फेरि भनिन् “बुद्धु । यति भन्न पनि यतिका समय ला’को । माया गरेसि उहिल्यै भन्नु पर्दैनथ्यो । खाली एकोहोरो हेर्ने, पागल!”

म अक्कनवक्क भएँ, मात्रै उनलाई हेरिरहे । अनि मीठो हाँस्दै बिस्तारै मेरो अँगालोमा बाँधिदै भनिन्, “था’ छ? म पनि त चाहन्थे तिमीलाई पहिलेदेखि नै । तिमीले कहिले यति कुरा भन्छौ भन्ने प्रतिक्षामा कति दिन बिताएँ, ऊ भने यतिका दिन तड्पाएर मात्रै वल्ल ।”

मेरो हृदयले चाहेको भन्दा बढी जस्तो माहोल हुँदै थियो, त्यसैले म अत्यन्त विस्मित थिएँ । हठात् मेरो आँखामा घामको झुल्का परेझैं लाग्यो । यसो दखें म त विस्तारामा पो रहेछु । मेरो अँगालोमा त सिरानी थियो । भित्ते घडीमा बिहानको सात बजेको दखें । अनि आफ्नो हातको सिरानीलाई हेर्दै सोचे “धत् म पनि, ओहो कति मीठो संवाद, फेरि सुत्नु पर्यो कति मीठो स्वीकारोक्ति उनको, आहा” भन्दै म फेरि पल्टिएँ निदाएर उही सपना पछ्याउन, तर अहँ, आधा घन्टासम्म कोसिस गरें, निदाइन ।

सँगै क्याम्पसमा पढ्ने साथी थिइन् मीरा । चार वर्षे पढाइको अवधिको करिब दुई वर्ष पुग्न लागेको थियो । अरुलाई जस्तो भए पनि, मलाई नितान्त मन पर्थिइन् उनी । उनका चञ्चल आँखा, बोल्दा यतायता हल्लाउदै फिल्मकी कुनै रोमान्टिक हिरोइन् भन्दा कम देखिन्न थिइन् उनी । ती आँखाका अलावा उनको स्वभावबाट प्रभावित भएको थिएँ म । सुरुदेखि नै अति चाहन्थें म उनलाई, सधैँ उनकै बारेमा कल्पना गरिरहन्थें । यसैले गर्दा होला सायद मेरो ध्यान पढाइमा खासै जादैनथ्यो। मसँग बोल्दा साथी जस्तै गरी खुलेर बोल्दथिइन् उनी । तर मैले कहिले पनि माया गर्छु भन्न सकेको थिएन । भन्न खोज्दा नसकी नसकी यस्तै गरी समय बित्दै थिए । तेश्रो वर्षको क्लास सुरु भयो । चार पाँच दिन उनी आइनन् । मलाई उनलाई क्लासमा देख्न नपाएकोमा मनमनै नरमाइलो महसुस हुदै थियो ।

यस्तै एकदिन बिहान क्याम्पस आउन केही दुरी बाँकी छदाँ मैले उनलाई अगाडि देखें । हामी दुवै क्याम्पस जादै थियौं । पछाडिबाट मैले भनें, “हेलो मीरा ।”

उनले पछाडि फर्किएर हेरिन् । म त्यसै खुसी भएँ । मैले भनिहालें, “किन त्यति छिटो हिडेको?”

यति भनिसक्दा म उनीसम्म आइपुगें । अनि दुवै सँगै हिड्न थाल्यौं । मतिर हेर्दै उनले भनिन्, “त्यसै । अनि के छ त तिम्रो खबर ? पढाई अगाडि बढिसक्यो होला हैन?”

मैले भनें, “मेरो त ठिकै छ । बरू तिम्रो? तिमी त चार पाँच दिन आएनौ नि! किन हो ?”

एक छिन रोकिएर उनले केही भन्न नपाउदै मैले फेरि ठट्टा गरें, “कि डेटिगं सेटिगंतिर त हैन?”

उनले भनिन्, “धत् के भन्या तेस्तो । मलाई के सोचेको तिमीले?”

मैले विचैमा भने “तिमीलाई अरुजस्तो त कहाँ सोच्थेर म? त्यसैले तिमीलाई सजग गराउन भन्या के ।”

“खै तिम्रो कुरा पनि । बरु तिम्री होली नि कोही । सुनाउन त मलाई नि ।” उनले हाँस्दै भनिन् ।

“छे, एउटी जसलाई मैले धेरै मन पराउँछु । त्यो हो तिमी ।” मनमनै भनें तर बोल्न सकिन ।

तर उनको सामु यसो भनें, “खै मैले चाहेर के हुन्छर? चाहनेले रुचाउनुपर्यो नि?”

“पहिला उसलाई थाहा त देऊ कि तिमी उसलाई चाहन्छौ भनेर । मनको कुरा खोल्नुपर्छ टाइममा, नत्र अबेर हुन्छ । फिल्ममा हेरेको छैनौ? उनले भनिन् ।”

म सिरियस भएर भनें, “अँ साच्चै । तिमी किन नआएको रे?”

“भयो नभनु । टाइम आएसि तिमीलाई थाभैहाल्छ ।”

उनी मसिनो लज्जामिश्रित स्वरमय भनिन् । मैले उनको कुरा बुझिन । क्याम्पस आइहाल्यो । हाम्रो वार्तालाप टुंगियो ।

“अब त भन्नुपर्छ, माया गर्छु भनेर ।” त्यो साझ मैले आफ्नो कोठामा कल्पना गरें, “कति मीठो बोली उनको पहिला थाहा त दिनुपर्छ, मैले माया गर्छु भनेर, उनैले भनेकी । हो, अब त साच्चै भनेरै छाड्छु । मनको कुरा खोल्नुपर्छ रे टाइममा, उनैले भनेकी । अब त खोल्छु, त्यो पनि उनैलाई । भनिदिन्छु जे होला होला । कहिले सम्म गुम्सिएर मनमनै पीडा बोकिराख्ने? सायद उनले पनि मन पराउँछिन् कि मलाई? मैले जस्तै भन्न नसकेकी हुन् कि? जे होस् मीरा तिमीलाई हृदयदेखिनै चाहान्छु । तिमी मेरी प्रेमिका बनिदेऊ, मैले संसारै जित्नेथिएँ ।, आई लभ यु मीरा । यही भनेर चिठी लेख्छु अनि भोलि उनलाई आफैले दिन्छु । जे होस् जे होस् ।”

यस्तै मैले मनमनै सोच्दै गर्दा मेरो मोबाईलमा रिङ्टोन वज्यो । यसो हेरें आफ्नै कक्षामा पढ्ने सरिताको फोन थियो जो मीराकी साह्रै मिल्थी । फोन उठाएर मैले मोबाइल कानमा राख्दै भनें, “हेलो।”

सरिताले भनी, “हेलो विनोद, अहिले व्यालेन्स कम छ, खास कुरा मात्रै भन्छु है ।”

“हुन्छ भनन के कुरा हो?” मैले सोधें ।

उसले भनी, “खुसीको कुरा छ । मीरा छे नि हाम्रो क्लासकी । त्यस्को हिजो इंगेजमेन्ट भएछ । दश गते बिहा छ । चोरले मलाई पनि आज मात्रै भनेकी हो । सबै साथीलाई खबर गर्दे है भनेकी थिई । आऊ है । तिम्लाई मीराको बिहेमा निम्तो… । “

12 thoughts on “मीरा (प्रेम कथा)”

  1. कथा राम्रो छ तर यो कतै बिनोद
    कथा राम्रो छ तर यो कतै बिनोद जि को जिबन् को वास्तविक काहानी हो कि?

    1. पढिदिनुभएकोमा आभारी छु
      पढिदिनुभएकोमा आभारी छु

    2. पढिदिनुभएकोमा आभारी छु
      पढिदिनुभएकोमा आभारी छु

    3. पढिदिनुभएकोमा आभारी छु
      पढिदिनुभएकोमा आभारी छु

  2. कथा राम्रो छ तर यो कतै बिनोद
    कथा राम्रो छ तर यो कतै बिनोद जि को जिबन् को वास्तविक काहानी हो कि?

  3. हल्का विषयबस्तु
    कथाको विषयबस्तु हल्का भएपनि पढ्न योग्य छन् ।

  4. यद कद खुरक नपुगेको जस्तो
    यद कद खुरक नपुगेको जस्तो लग्यो।पाठक लाइनै भावुक बनौने
    किसिम को कथा कोरि दिनु भए अभारी हुने थिए

  5. राम्रो
    कथा पढ्ने बेलामा मनमा निकै कौतुहलता जागेर आएथ्यो । अब पछि केके हुन्छ जान्न मन छ । यसलाई अझ बिस्तार गरेर मेरो जिज्ञासा मेटाउनु पर्यो , सिकुएल लेख्न पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *