शुन्य भयो मन्दिरको घण्टा हरायो
ढुङ्ग्री आमा बुलाकी त्यो कण्ठा हरायो
अङ्ग छोप्ने एकै बित्ता हुँदा पटुकी
गर्मी भो रे पुस माघ ठण्डा हरायो
ढुङ्ग्री थियो शीरबन्दी, फुली, बुलाकी
नामै पनि बिर्स्यौ क्यारे गन्दा हरायो
टोपी च्यात्दै बिर्ता टुक्र्यो सयौं प्रदेशमा
शत्रु हाँसे तर आफ्नै खण्ड हरायो
साडी भुले, चौबन्दी खै? हाम्रो पोसाक
बुझौँ की लौ! आफ्नै देश झण्डा हरायो
