Skip to content


नेपालको राजधानी काठमाडौँलाई नियालेर हेर्ने अभिलाषा, इच्छा र आकांक्षा प्रत्येक नेपालीको अन्तरमनमा अन्तरभूत हुन्छ। यसलाई त आदिकवि भानुभक्तले अलकापुरी कान्तिपुरी नगरीको विशेषणले पनि विभूषित गरसिकेका छन्। २००७ सालअघिसम्म काठमाडौँलाई नै नेपालका रूपमा मानिन्थ्यो। तर, ००७ सालमा प्रजातन्त्रको स्थापनापछि यो भ्रम हट्न गयो। राजनीतिक भ्रमभन्दा पनि यो भौगोलिक भ्रम थियो र यसलाई निषेधित र प्रतिबन्धित तथा सीमित क्षेत्रमा सीमांकृत गरिएको थियो। नेपालका बासिन्दा नै काठमाडौँ भ्रमणका लागि आउँदा राहदानी लिनुपर्ने बाध्यता एवं विवशता थियो। खैर, त्यो विवशता एवं बाध्यताको सीमा धेरै पहिला नै भत्किसकेकाले यस भ्रमको निवारण भएको दशकौँ पूरा भइसक्यो। आज त विश्वको मानचित्रमा काठमाडौँ नेपालको राजधानीका रूपमा रेखांकित भइसक्यो।

हो, यस काठमाडौँमा मेरो प्रथम पदार्पण हवाईमार्गबाट भएको थियो। म सर्लाही जिल्लाबासी मनुवाको मनसाय पूरा भएको थियो। म कुनै सोख र सानले अभिभूत भएर हवाईमार्गबाट आफ्नो अभिजात्य प्रदर्शनका लागि अभिलाषा एवं आकांक्षा बोकेर आएको थिइनँ। हुन त सर्वप्रथम म यहाँ आउनका लागि एक जना सर्लाही निवासी साथीसँग वीरगन्जसम्म आएको थिएँ र त्यहाँ हिमालय होटलमा बास बसेको क्षण स्मरण छ। तर, त्यहाँबाट काठमाडौँ आउनका लागि पैदल हिँडेर आउने आँट नभएकाले वीरगन्ज नै फर्केर आफ्नो गृहगाउँ सिसौटिया गएको थिएँ।

म त्यहाँ आउने उद्देश्य थियो ओभरसियरको कोर्स पढ्ने तर त्यो सम्भव थिएन। मेरो साथी यहाँ आए र ओभरसियरको पढाइ पूरा गरेर ओभरसियर बने। पछि इन्जिनियर बने तर अहिले यस संसारबाट नै बिदा लिएर गइसकेका छन्। मचाहिँ आफ्नो पायक पर्ने ठाउँमा सीमापारि सीतामढीस्थित राधाकृष्ण गोयनका कलेजमा आईए पढ्नका लागि नामांकित भएँ र दुई वर्षमा त्यो कोर्स पूरा गरेर द्वितीय श्रेणीमा उत्तीर्ण भएँ। प्रथम श्रेणीमा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्। आईए पास गरेपछि फेरि काठमाडौँ आउने आँट गरेँ र हवाईमार्गबाट आएँ। सिमराबाट काठमाडौँको हवाई भाडा ४० रुपियाँ मात्र थियो । सिमरा एयरपोर्टमा मेरो ससुराली गाउँ ब्रह्मपुरीको एक जना परििचत व्यक्ति थिए र उनले मलाई सहयोग गरेका थिए। तबसम्म म दाम्पत्य जीवनमा बाँधिसकेको थिएँ। म काठमाडौँको गौचरन अड्डामा ओर्लेपछि एउटा खटाराजस्तो जिपमा आफ्नो सामान राखेर काठमाडौँ सहरका लागि प्रस्थान गरेको थिएँ। नयाँसडक पक्की भएको थिएन। नयाँसडकको ढोका अवश्य थियो, जुन अहिले पनि छ। त्यहाँबाट छिरेर म गुच्चाटोलस्थित एक जना परििचतको घरमा शरण लिन पुगेको थिएँ। यहाँको वातावरण, खानपान, हावापानी आदि केही पनि मलाई अनुकूल लागेन। त्यसपछि म पुतलीसडकस्थित अर्को परििचतको घरमा शरण लिन पुगेँ। उनी मेरो गाउँको जमिनदार थिए।

प्रजातन्त्र स्थापनापछिको निर्वाचित सरकार थियो। संसद् पनि थियो। मेरो जिल्लाबाट प्रजापरिषद्बाट निर्वाचित सांसद निस्तार राय थिए। उनीसँग भेट्न गएँ। सायद संसद् पनि हेर्न गएँ, उनीसँग तर अहिले त्यसको केही सम्झना छैन। मलाई कुनै आनन्द लागेन अर्थात् अलकापुरी कान्तिपुरी नगरीको आकर्षणपासमा आबद्ध हुन सकिनँ। म आएको थिएँ त्रिचन्द्र कलेजमा बीए अनर्समा नामांकन गराउनका लागि तर त्यहाँ अनर्सको पढाइको प्रावधान नभएकाले म फेरि फर्किनुपर्‍यो। फकिर्ंदा मेरो हविगत हेर्नलायकको थियो। टुँडिखेल पूरै खुला थियो, थानकोटबाट हिँडेर नै जाने हिम्मत गरेँ र गएँ पनि। काठमाडौँको मोहनीले मोहित गर्न सकेन। बीए पास त गरेँ तर अनर्सचाहिँ मिल्न सकेन।

अब एमए अंग्रेजीमा पढ्छु भनेर फेरि काठमाडौँको काखमा दाखिला भएँ। कक्षामा दाखिला पनि भयो तर न कुनै केटी साथीको सानिध्यले न काठमाडौँको सौन्दर्यले मलाई आकर्षण गर्न सके। मेरो मन चञ्चल थियो। भावना, आकांक्षा, अभिलाषा सबै चलायमान। म यहाँ टिक्न सकिनँ, दुर्गापूजाको बिदा मनाउन गएको मनुवा पूरै एक सालसम्म सर्लाही जिल्लास्थित एउटा हाइस्कुलमा साधारण शिक्षक बनेर बस्नुपर्‍यो। एक सालपछि फेरि काठमाडौँले मलाई बोलायो। म आउनैपर्‍यो। राजधानीको आदेश पालना गर्नैपर्‍यो। यसपालि एमए हिन्दी विषयमा नामांकन गराएँ। एक वर्ष नियमित भएर पढेँ। फेरि काठमाडौँले मलाई धपाइदियो। मेरो धित मरेर गयो। सर्लाही जिल्लाको एउटा हाइस्कुलमा प्रधानाध्यापक पदमा नियुक्त भएँ। एक सालपछि फेरि राजधानीको रंग र रूपले मोहनी लगाइदियो। पूरै एक सालसम्म बेकार भएर बसेँ प्राइभेट ट्युसन र स्थानीय पद्मकन्या कलेजमा अवैतनिक अध्यापनमा। त्यसबखत पद्मकन्या कलेजको पढाइ अहिलेको शंकरदेव क्याम्पसमा सञ्चालित थियो।

बडो राम्रो शैक्षिक वातावरण थियो। एक से एक दिग्गज विद्वान् प्राध्यापक थिए। कन्या कलेज भए पनि पुरुष प्राध्यापकहरू थिए। अंगुरबाबा जोशी पि्रन्सिपल हुनुहुन्थ्यो। उहाँको अनुशासन यस्तो कडा थियो कि के विद्यार्थी के प्राध्यापकहरू सबै थर्कमान हुन्थे। राष्ट्रिय पोसाक प्राध्यापकहरूका लागि र छात्राहरूका लागि गेरु रंग साडीको पहिरन अनिवार्य थियो। भारतको कोलम्बो योजना अन्तर्गत आएका एक जना अंग्रेजी विषयका प्राध्यापक एचएस विशेश्वरैया मलाई राष्ट्रिय पोसाकमा देख्दा गिज्जाएर भन्थे तिम्रो उचाइ यस टोपीले बढाइदिएको छ। यसै कलेजमा पढाउँदा नेपाली साहित्यका इतिहासका लेखक र डायमनशमशेर राणाको उपन्यास वसन्तीका अनुवादक दीनानाथ शरणसँग भेट भएको थियो, जुन अविस्मरणीय हुनगयो। तारानाथ शर्मा भर्खरै बेलायतबाट उच्चशिक्षाको अध्ययन पूरा गरेर आउनुभएको थियो। उहाँ बेलायती शैली र पोसाकमा नै प्राध्यापनका लागि पुग्नुहुन्थ्यो । तत्कालीन भारतीय राजदूतका सुपुत्री कुमकुम मेरी छात्रा थिइन्। यस्तो अनुकरणीय अनुशासनमा, प्रशंसनीय पढाइ र राम्रो माहोल थियो कि यो कलेज छोडेर मलाई अन्यत्र जान मन लागेन। परराष्ट्रको सेवाले पनि मलाई लोभ्याउन सकेन, अरू सरकारी सेवाको के कुरा गर्ने ? अबचाहिँ वास्तवमा मलाई अलकापुरी कान्तिपुरी नगरीले आफ्नो आकर्षणमा बाँधिसकेको अनुभूति हुन थाल्यो। म पनि मनसा, वाचा र कर्मणा आसक्त भइसकेँ।

मलाई लाग्न थाल्यो, अबचाहिँ म अन्यत्रको आकर्षणमा आबद्ध हुन सक्तिनँ। तर, आफूले चाहेर के हुन्छ ! विधिको विधान आफ्नो गतिमा लिन वाध्य हुन्छ। करबि चार वर्ष पद्मकन्या कलेजमा पढाएपछि अर्को आकर्षणले डोर्‍याएर मलाई दिल्ली पुर्‍याइदियो। काठमाडाँैको मोहनीले समेत मलाई बाटो छेक्न सकेन। भारतीय कलेजबाट विद्यावारििध गर्नका लागि आह्वान गरिएको सूचना कलेजमा आयो। मलाई पनि सूचित गरियो। मैलेचाहिँ विद्यावारििधको डिग्री र दिल्लीको दर्शनका लागि अति उत्साहित भएर र्फम भरेँ। मैले दिल्लीका लागि मात्र आफ्नो अभिरुचि प्रकट गरेँ र पाएँ पनि। जीवनमा चाहेको र रोजेको दुइटै मनोकांक्षा मेरो पूरा भएको थियो। एउटा प्राध्यापक हुने मेरो जीवनको सर्वोच्च अभिलाषा थियो र अर्को दिल्ली दर्शन अर्थात् दिल्ली विश्वविद्यालयबाट विद्यावारििधको उपाधि प्राप्त गर्नु दुइटै अभिलाषा भगवान् पशुपतिनाथले पूरा गरेकाले म धेरै श्रद्धावान् भएको थिएँ। म पशुपतिनाथको दर्शन गर्न पनि प्रत्येक शनिबार नियमित त होइन तर धेरैजसो जाने गर्थें। उनको अनुकम्पा र आशीर्वादले नै मेरो आकांक्षा पूर्ण भएको थियो। म बेकार एक वर्षसम्म थिएँ तर जब जागिर पाएँ त दुई ठाउँमा एकैचोटि।

पद्मकन्या कलेजमा कार्यरत थिएँ। यसैबीच, त्रिभुवन विश्वविद्यालयबाट पनि हिन्दी विषयको लेक्चरर पदको विज्ञापन गरिएको थियो। मैले अन्तर्वार्ता दिएँ। मेरो अन्तर्वार्ता लिनका लागि दिल्ली विश्वविद्यालयका तत्कालीन विभागाध्यक्ष र हिन्दी साहित्यका मूर्धन्य विद्वान् डा नगेन्द्र आएका थिए दिल्लीबाट। दिल्ली विश्वविद्यालय रोजेको पनि यसै कारणले थिएँ। त्यस अन्तर्वार्तामा लखनउबाट डा रूद्रनाथ शर्मा पनि सामिल भएका थिए। उनले ‘काठमाडौँकी एक शाम’ एउटा राम्रो लेख पनि कुनै हिन्दी पत्रिकामा छपाएका थिए तर उनको नभएर मेरो नियुक्ति भएको थियो। मैले पद्मकन्या कलेज छाड्न चाहन्नथेँ। अंगुरबाबा जोशीको पनि परामर्श थियो। पद्मकन्या कलेज त्यसबखत सरकारी थियो। डा नगेन्द्रले दिल्लीबाट प्रकाशित हुने साप्ताहिक हिन्दुस्तान पत्रिकामा ‘मेरो प्रथम विदेश यात्रा’ लेख लेखेर छपाएका थिए। त्यो लेख काठमाडौँका पत्रकार, बुद्धिजीवी र साहित्यकारहरूलाई धेरै राम्रो लागेको थियो। गोरखापत्र दैनिकमा कार्यरत प्रसिद्ध हास्यव्यंग्यकार भैरव अर्यालले मलाई त्यसको अनुवाद गर्नका लागि आग्रह गर्नुभएको थियो। मेरो अनुवाद गोरखापत्र दैनिकमा प्रकाशित पनि भएको थियो। एकदिन नयाँ सडकमा भेट्दा प्रा लोकराज बरालले त्यसको प्रशंसा पनि गर्नुभएको थियो।

म त्रिवि हिन्दी विभागमा आंशिक प्राध्यापन कार्यमा पनि संलग्न भइसकेको थिएँ र पूर्णकालिक काम पद्मकन्या कलेजमा नै गर्थें। त्यसबखत कीर्तिपुर जान-आउन पनि सगरमाथा चढ्नुभन्दा कम गाह्रो थिएन। कहिलेकाहीँ त बसमा झ्यालबाट चढ्नुपथ्र्यो। धेरै सास्ती खाएँ। काठमाडौँ आजको जस्तो घना बस्तीमा अनूदित भएको थिएन, वाग्मती प्रदूषित थिएन। सफासुग्घर थियो काठमाडौँवरपिरि। म तीन वर्षका लागि काठमाडौँबाट दिल्लीका लागि हवाईमार्गबाट एक्लै प्रस्थान गरेको थिएँ।

नेपाल साप्ताहिक ४५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *