Skip to content

थाकिन्न रैछ कहिल्यै उकोलो चढ्‍दा पनि

  • by


थाकिन्न रैछ कहिल्यै उकोलो चढ्‍दा पनि
पीरतिमा त अहो चिप्लेर लडदा पनि

पुतली हुँ कि आफू बती पो हो कि माँया
जाउँ त्यही झैँ लाग्छ पखेटा डढ्‍दा पनि

धोखा भयो त के भो, मजा छ सम्झनैमा
अतीतका पुराना प्रेमपत्र पढ्‍दा पनि

राधा र कृष्णकोझैँ संयोग–वियोग हो माया
चुलिन्छ यो त झन्झन् दुरी नै बढे पानि ।

शब्द – कृष्ण हरि बराल
स्वर – कुन्ति मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *