मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जीवन
kbs — Thu, 06/30/2011 - 15:32
जीवन जिउने क्रममा,
यात्राको उकाली ओराली, झरना अनि कन्दराहरूमा
कहिले मच्चिदैँ, कहिले उफ्रिंदै, कहिले बयली खेल्दै, कहिले पछारिदैँ
मेरो आत्मा तिमीलाई प्राप्त गर्ने आशामा,
भूमरीमा रङ्मङिदै
आफ्नो एकलौटी राज गर्ने सपना बुन्दै
आफ्नो प्रिय पात्र बनाउने होडबाजीमा
मनका तरेलीमा अन्तर्द्वन्द्व चल्दैछ
शितल हावाको एक झोंकामा
कहिले विजय कहिले पराजय भोग्दै
अतृप्त अभिलाषा पुरा हुने आश्वासनमा आफैंलाई थुपथुपाउँदै
चिसो कठ्याङ्ग्रिएको कालकोठरीमा पनि
न्यानो अनुभूत गराउने असम्भव परिवेशमा भिज्दैछु
सतहमा उत्रन नसकिने ज्ञात हुदाँहुदै पनि
म तिमीमा डुबुल्की मार्ने मनोकांक्षा बोक्दै डुब्दैछु,
बिस्तारै बिस्तारै विछोडका यी दुई पलहरू पनि आज मलाई
शताब्दी झै अभास दिलाईरहेछ
तै पनि यो निराश मनलाई मर्न दिएकी छैन
तिमी आऊ या नआऊ,
मेरा यी नयनहरू तिमी आउने पथमा बिछ्याएकी छु
घनघोर बर्षापछिको रमणीय दिन झै,
स्वतन्त्रभएर उडने चरी भएर पारी क्षितिजमा पुग्ने
मेरा सपनाहरू चकनाचुर भएकै हो,
मन्द-मन्द मरुभूमिमा परिणत भएझै लाग्दैछ
फेरि पनि किन किन तिम्रै हुन मन लागिरहेछ
तिमीलाई मेरो कपोकल्पित साम्राज्यमा गद्दीआरोहण गराउने
मेरो रहरहरू नजन्मिदै गर्भमै तुहिने डर छ
तै पनि म असह्य वेदना खप्न तयार छु
एउटा अमर प्रेमलाई जन्माउने नै छु
फेरि कता कता मुटुमा कम्पन भए जस्तै लाग्दैछ
हातहरू काँपिरहेजस्तै लाग्दैछ
हतास हतास महशुस गर्दैछु
तिमीलाई गुमाउने त्रासमा मैन पग्लेझै पग्लिदैंछु,
गल्दैछु, विलिन हुदैंछु
हिजोका तिम्रो साथहरू मेरो अनिर्णयको बन्दी बन्दा
वर्तमानमा यो पीडा भोग्दैछु कहि म कहाँ चुकेछु,
आज जल्दैछु अनायसै मेरा आखाँहरू रसाइरहेकाछन्
हुन देउ यसलाई बग्न देऊ,
पश्चतापको भल बनि नदीमा मेल हुन जादैँछन्
सायद अब यसले आफ्नो स्वरुप प्राप्त गर्नेछ
नछेक यसको बेगलाई यसलाई शान्त हुन देऊ,
निश्चिन्त भई, मौन रहन देऊ,
आरामले हेर सुस्ताउँदैछ सुस्ताँउदैछ ।
बिना तामाङ
काठमाण्डौं
- 1532 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- अनावश्यक
2 days 13 hours ago - महाशय दर्जाको कुरा गर्दा
6 days 16 hours ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 1 day ago - पर्तिकिर्यो तो देखि ना अभितक
4 weeks 4 days ago - केही सच्याइएको छ।
4 weeks 5 days ago - हम करै तो । केहु नकरै ।
5 weeks 1 day ago - क्रन्धन
5 weeks 6 days ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
5 weeks 6 days ago - Hom sir ! THANKS FOR your suggestion and affection
6 weeks 3 days ago - सम्पादकले सम्पादन गर्नुभएको
10 weeks 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- शुभकामना! जन्मदिनको !!
- छोरीको जन्मदिनको शुभकामना
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- सबैको साथ
- विद्यार्थी हुँ म
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- तिमी कहिले आउँछ्यो
- तिमी
- कपुरी क
- परेली
- केही हाइकु
- भीडमा एक्लो मान्छे
- शिक्षक
- मधुपर्कसित गाँसिएका सम्झनाहरू
- घोषणापत्र
- दशैंको शुभकामना
- सशक्त कविको अवशान
- आनन्द
- यत्तिकैमा मरेँ भने
- कथाकार देवकुमारी थापा अब रहनु भएन
- तीन मुक्तक (धीर छैन, शुभकामना थियो, जीवन भो)
- थ्री एमको क्रेज
- छन्दमा लेख्न रहर भएर मात्रै हुँदैन - रमेश खकुरेल
- आज २२ औं वसन्त पार गर्दैछु
- बाबा
- दुई मुक्तक (कालो बादल मडराउँछ)
- प्रगतिवादको इतिहास र नेपाली धर्तीमा प्रगतिवाद
- राति उठ्ने गाउँ
- पढाइ
- लोकतन्त्र उस्तै तर
- माप चिडियाखाना
- त्यो अव्यक्त पीडा पोखिदैन
- तिम्रो मृत्युको समाचार
- वर्ण विन्यासः पदयोग र पदवियोग
- हूँ यात्री
- समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
Post new comment