मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
अमेरिकामा अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न : रामबहादुर तामाङ प्रथम
kbs — Sun, 07/03/2011 - 11:18
असार १७, २०६८
भर्जिनिया, अमेरिका ।
आज भजिनियाको वेस्टफिल्ड स्थित होतेल मरियटको सभाकक्षमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित दोस्रो अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न भयो।
प्रतिष्ठानका अध्यक्ष एवम् कवि वसन्त श्रेष्ठको सभापतित्व तथा अमेरिकास्तिथ नेपाली दुतावासका प्रथम सचिव तथा कवि आनन्द शर्माको प्रमुख आतिथ्यमा भएको सो कविता महोत्सवको प्ररम्भमा आयोजक समितिका संयोजक गोबिन्दसिंह रावतले महोत्सवका बारेमा विस्तृत प्रकाश पार्नु भएपछि गत वर्ष भएको यस्तै प्रतियोगितामा विश्वभरबाट छनोट भई प्रथम हुनु भएका कवि नेपालका उमेश राई अकिञ्चनको नविनतम् कविता संग्रह 'मोनालिसा र मार्च ८' को पनि विमोचन गरिएको थियो।
त्यसपछि प्रारम्भ भएको कविता वाचनमा प्रतियोगी र अप्रतियोगी गरी दूई दर्जन भन्दा बढी कविहरूहरूले आ-आफ्नो कविता वाचन गर्नुभएको थियो। कविता वाचन गर्नेहरूमा नेपालबाट आउनु भएका वरिष्ठ कविहरू बिश्वविमोहन श्रेष्ठ, दिल्लीरमण शर्मा अर्याल, चन्द्रकला नेवाः, ललिता दोषी तथा उत्तर अमेरिका मै बस्तै आउनु भएका वरिष्ठ कविहरू हेमन्त श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, गोबिन्दसिंह रावत, विनोद रोक्का, गीता खत्री, होमनाथ सुवेदी, गुणराज लुईटेल, प्रकाश नेपाल, प्रेम संग्रौला, आदि हुनुहुन्थ्यो।
कविता वाचन कार्यक्रमपछि यस वर्षको अन्तराष्ट्रिय कविता प्रतियोगिता २०११ को नतिजा प्रकाशित गर्दै संयोजन समितिका सदस्य प्रकाश नेपालले उत्कृष्ट कविता छनौटको प्रकृया बारे जानकारी दिनुभयो । विश्वभरिबाट २०० भन्दा बढी कविताहरू प्राप्त भएका थिए । त्यसरी प्राप्त भएका कविताहरूलाई पहिलो चरणमा अमेरिकामा गठित सात सदस्यीय मूल्याङ्कन समितिले छनोट गरी अन्तिम छनोटका लागि तीसवटा कविताहरू नेपालमा पठाएको थियो । ती तीस कविताहरूमध्येबाट नेपालमा गढित पाँच सदस्यीय निर्णायक समितिले दिएको अंकको आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिएको थियो।
माथि उल्लेखित छनौट अनुसार नुवाकोटका रामबहादुर तामाङको 'सम्बोधन' प्रथम, क्यानाडा, मिसिसांगाका भावना पोखरेलको 'चराहरू' दोस्रो र पोखराका शरण आँसुको 'असमय' तृतीय भएको थिए। यसरी पुरस्कृत हुने कविहरूमध्ये प्रथम हुने रामबहादुर तामांगले एक हजार अमेरिकी डलर सहितको हेमसरिता पाठक भानुभक्त काव्य पुरस्कार, दोस्रो हुने भावना पोखरेले तीन सय डलर सहितको शर्मा मुठभरी मोतीराम काव्य पुरस्कार र तृतीय हुने शरण आँसुले दुई सय डलर सहितको बसुन्धरा गणेश रोका देवकोटा काव्य पुरस्कार र प्रमाण पत्र पाउनुहुनेछ। साथै प्रथम पुरस्कार प्रप्त गर्ने कविको एउटा कविता संग्रह पनि प्रतिष्ठानका तर्फबाट प्रकाशित गरिदिने छ।
कार्यक्रम कवि तथा प्रथितष्ठानका महासचिव हेमन्त श्रेष्ठले संचालन गर्नु भएको थियो।
स्मरण रहोस, नेपाली साहित्यमा फुटकर रचनाको प्रतियोगिता तर्फ प्रदान गरिने यो नै सबैभन्दा ठूलो धनराशी भएको पुरस्कार हो।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 44 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 17 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- आक्रोश (लघुकथा)
- बिहानीको प्रतिक्षामा
- कर्णालीको चेतना
- चिराग तो जलाओ, बडा अन्धेरा है
- गयौ तिमी टाढा
- नसुनिएको तेस्रो अन्तरा
- डलर काण्डमा दरबारसमेत लाग्यो
- म एक पात्र हुँ
- युद्ध र शान्ति
- सुन्छ गीत नेपाली
- नेपाल फर्किने बेलामा
- उज्यालाका गुँड
- गौरवशाली परम्पराका धनी आदिवासी तामाङ
- पच्चीस वर्षो सँघारमा
- मुसाहरूको बगैँचा
- खाडीमा लुमे भाषण
- पुराणमा पनि आतङ्कवाद
- अचेल
- प्रसिद्ध कृतिमाथि बनेका कुनै पनि चलचित्रले ख्याति कमाएनन्
- धोका

शरण आँसु सरलाई बधाइ
kbs — Sun, 07/03/2011 - 11:25मझेरीका नियमित लेखक शरण आँसुज्यू तृतीय हुनु भएकोमा हार्दिक बधाइ!
वहाँसँग पहिले लिइएको मझेरी भलाकुसारीको अंक सात हेर्न यता जानुहोस्
कवि शरण आँसुका रचनाहरू पढ्न यता जानुहोस्
निकट भविष्यमा तृतीय भएको कविता मझेरीमा राख्ने कोशिष गर्नेछौं ।
badhai saran sar
अतिथि (not verified) — Sun, 07/03/2011 - 12:35"शरण आँशु सरलाई मेरो तर्फ बाट धरै बधाई तथा आउने दिन मा साहित्यिक सुनौलो जिवनको कामना गर्दछु"
-बुद्धी मोक्तान
प्रथम हुनुहुने कवि रामबाहादुर
binatamang (not verified) — Sun, 07/03/2011 - 15:13प्रथम हुनुहुने कवि रामबाहादुर तामाङलाई हार्दिक बधाई साथै द्दितीय र तृतीय पुरस्कार प्राप्त गर्नुभएका स्रष्टाद्दय भावाना पोखरेल र शरण आँशु जीलाई पनि मुरी मुरी बधाई छ।
मझेरीले यी तीनवटा पुरस्कार प्राप्त गर्न सफल कबिताहरुलाई मझेरी पाठक माझ छिट्टै ल्याउनेछ भन्ने पनि विश्वास गर्दछु।
साहित्यकार बिना तामाङ तथा
Sharan aansu — Wed, 07/06/2011 - 01:04साहित्यकार बिना तामाङ तथा बुद्धि मोक्तानज्यूप्रति यहाँहरुको शब्दसुमनका लागि आभारी छु र यहाँहरु जस्तै स्रष्टाहरुसित भेट गराउने प्रिय मझेरीप्रति अनुगृहित छु / प्रतियोगितामा तृतीय भएको कुरा मझेरीमा पढेर थाह पाएँ/ आयोजक तथा निर्णायकज्यूहरुप्रति आभार प्रकट गर्दै "एसोसिएसन अफ नेप्लिज इन अमेरिका"को समृद्धिको कामना गर्दछु अनि प्रथम तथा द्वितीय पुरस्कार विजेता कविहरुलाई हार्दिक बधाई दिन चाहन्छु/
sharan aansu
उक्त कविता महोत्सवको पुरस्कार
Sharan aansu — Mon, 02/06/2012 - 19:09उक्त कविता महोत्सवको पुरस्कार वितरण समारोह यही माघ २० गते शुक्रबार सम्पन्न भयो / माथिको समाचारमा अन्यथा हुन गएको तर छनौट अनुसार नुवाकोटका रामबहादुर तामाङको 'सम्बोधन'ले प्रथम स्थान , मेरो 'असमय' ले द्वितीय स्थान र गोरखाकै छम गुरुंगको 'नीलो इच्छा' ले तृतीय स्थान प्राप्त गरेको तथा सम्माननीय राष्ट्रपतिज्यूको हातबाट प्रथम हुने रामबहादुर तामांगले एक हजार अमेरिकी डलर सहितको हेमसरिता पाठक भानुभक्त काव्य पुरस्कार, मैले तीन सय डलर सहितको शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार र तृतीय हुने छम गुरुंगले दुई सय डलर सहितको बसुन्धरा गणेश रोका देवकोटा काव्य पुरस्कार र प्रमाण पत्र पाएको व्यहोरा जानकारी गराउन चाहन्छु / धन्यवाद
शरण आँसु
sharan aansu
Post new comment