Skip to content

गर्भाशयामा थिएँ म


गर्भाशयामा थिएँ म त तिमी जामा लाउँदै थियौ
मैले धर्ती टेक्ने बेला तिमी चाचरी गाउँदै थियौ

म टुकुल-टुकुल हिंड्दै थिएँ आफ्नै घरको आँगनीमा
त्यति खेर तिमी भेट्न ठिटाहरू पो आउँदै थियौ

तिम्रो सिको गर्दै म नि चाचरी गीत गाउन थाले
धेरै पछी परेछु म तिमी त डेटिङ धाउँदै थियौ

के कम थिएँ र म पनि हिंड्न थाले नक्कल पारी
मैले जुल्फी कोर्ने बेला तिमी त बच्चा पाउँदै थियौ

राजेश रुम्बा लामा “अतृप्त”
०३-०७-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *