हाल खबर के छ आज भोलि हजुरको
चिठी-पत्र आउनै छोड्यो आज भोलि हजुरको (१)
दुर्पिन डाँडा, डाउहिल पाखा सँग-सँगै घुमेको
आलै छ मनमा सम्झना सबै सधैँभरि हजुरको (२)
चौरस्ता मुनि झरीको याममा पोलेको मकै खाएको
झझल्को ल्याउछ यो बर्षे मास घरीघरी हजुरको (३)
बिछोडको योगमा यो मुटु दुख्छ यो छाती चर्कन्छ
त्यो डाँडा हेर्दै प्रतिक्षा साँच्छ दुई नयन हजुरको (४)
www.samirchhetri.blogspot.com