गोली थाप्छु छातीमा बरु बैरी कसै पस्न दिन्न
आमा बेची सन्तान पोश्नेलाई भित्र म पस्न दिन्न (१)
बिरे, बले, बिर्खे अब “शहिद” होइन अवाज बनोस्
सिरुपाते अब उसो आफन्तमाथि म खस्न दिन्न (२)
आँखा हुने “अन्धो” हरू आँखा खोली हिड्न सिकोस्
कालोलाई रातो, रातोलाई कालो अब उसो म भन्न दिन्न (३)
“उसले” त गर्नु गरयो, टाप पनि लगाई हाल्यो
अब उसो कसैलाई नि “त्यसो” म गर्न दिन्न (४)
काम गर्ने हनुमान……जस पाउने ढेडू
अब उसो कहिलेपनि “प्रमिला” लाई म मर्न दिन्न (५)
सुक-सुक गर्छ “मुख लुकाई” एकान्तमा हिज आज
अब उसो मेरो पहाडको आँशु म झर्न दिन्न (६)
— समीर “गोर्खा” छेत्री–
सोनादा दार्जीलिंग
www.samirchhetri.blogspot.com