Skip to content

मान्छेहरूको देशमा म


प्रकृति, यो मेरो हो म यसको हुँ । शुद्ध खोला स्वच्छ पवन बाहिनी हरिया बन जंगल पशु पंछी डाँडा काँडा मैदान, चिटिक्क परेका घरखेत वारीकान्ला मेरा बाल सखा हुन्। बाँसुरी कम्मरमा भिरेर गोठालो जानु मेरो पेसा हो। झ्याउरे लोक भाका मेरा सुसेली हुन् । मेला पात जानु मर्द्दा पर्दा सहयोग गर्न मेरा हृदय सधैं हतारिन्छन।

भिक्षा माग्नेलाई आफू नखाएरै भए पनि खुवाउन जानेको छु मैले । दिन भरि हाँस खेल गरेरै काम गर्ने मेरा बलिया हात पाखुरी मलाई एक छाक खान र एक सरो लगाउन दिन सक्षम छन् । मैले मेरो हितमा बिदेशीको नुन फोकट मा खान जानेको छैन। बरु उसैलाई दिन जानेको छु । पराईको दासत्व स्वीकार्ने क्ष्यमता ममा पटक्कै छैन । मैले खोर्सने खेत र बारीले मात्रै होइन बन जंगलले ओखती । मेरो हिमालले कन्चन पानी दिएको छ मलाई मेरो बानी नै यही परेको छ कि मैले यिनीहरू संगै बाच्नु छ यिनीहरू संगै हस्नुछ । यिनीहरू संगै लिनुछ त्यसैले यिनीहरूलाई नै पनि केही दिनुछ । यसर्थ कि मलाई यिनले जन्म दिए मैले यिनलाई स्वतन्त्रता दिनु छ यिनको हितमा मर्नुछ यिनकै गुण तिर्नुछ ।

हो, यो मेरो संस्कार हो, मेरो तन मन मा यसैको प्रभाव छ । तर अहिले मलाई थाहा छैन कि मको हु?कसको हु? के हु र मेरा के हुन् ?को हुन्? सुन्छु म नेपाली मान्छे हु र आहिले म मेरो पुनर्जन्म बाचिरहेछु नेपालमा ।

मलाई लागिरहेछ नेपाल मेरै हो, नेपाली मै हु। तर पनी म अहिले नेपालमा नभएर अन्त कतै बाचिरहेछु ।

जीवन बाच्नु पर्छ, यो बाच्नकैलागि हो भन्ने पाठ कुनै अंग्रेजी बिधालयमा सिकेर बाचिरहेछु । तर लाग्छ मैले जीवन होइन, जीवनले मलाईबाचिरहेछ ।

मेरो निधारमा त नेपाली हो भन्ने धोतक छ तर मैले बाच्ने जीवन नेपाली जीवन हो भनेर म स्वयम् भन्न सकिरहेको छैन यो कस्तो अप्ठेरो परिस्थिति हो?

जीवन चाहे अंग्रेजी होस् या नेपाली तर जीवनसँग मान्छेको सम्बन्ध कस्तो हुनु पर्छयो बाच्ने हरूकै अनुभव र बिचार अनुसार फरक हुनु स्वाभाविक हो । मेरो त फेरी यहाँ पुनर्जन्म भएको हुनाले मेरो नजरमा यसकोएउटा छुट्टै परिभाषा छ । तर म अहिले जहाँ छु जेगर्दै छु त्यो मेरो परिभाषा संग बिल्कुलै मेलखादैन ।

यहाँ त प्रत्यक पल म स्वयम् म बाटै आरोपित भैरहेछु लान्छना सहिरहेछु स्वार्थी भन्ने पगरी गुथिरहेछु। जुन कुरा कति सम्म सत्यहो मलाई थाहा छैन । तर आखाले देखे पछी कानले सुने पछी र केही क्षन भोगे पछीमनले पनी स्विकर्दोरहेछकि सत्य यही हो भनेर । त्यसैले होला म मेरै नजर मा आज स्वार्थी बनेर अनि गिरेर बचिरहेछु आफ्नोपुनर्जीवन । त्यसो त संसार पनी स्वार्थी बनेरै बाचिरहेछ नि। मैले प्रत्यारोप गर्ने प्रसस्तै आधार हरू देख्छु । तर पनी मलाई यही थाहा छैन कि म जीवन किन र के का लागि बचिरहेछु ? सान्त्वना दिन मन लाई म भन्छुम मेरै लागि बचिरहेछु।

तर पनी झुट्टा हुन् मेरा भनाइ भनेर प्रत्यक पल चिच्याइरहन्छन् मेरै अन्तस्करणहरू, खोइ कुन्नि किन हो?

म पुनर्जन्मको यो स्थितिमा आई पुग्न एउटा अनौठो संयोग छ दुर्घटनाको । हो म यसलाई दुर्घटना नै भन्छु अरु ज-जसले जे नाम दिए पनी । मेरो जीवन र संसार अनि मान्छेसँगको सम्बन्धमा एउटा दुर्घटनाको संयोग छ । त्यस भन्दा आगाडी मलाई थाहा छैन, किनकि दुर्घटनाघट्नु आघिकासारा कहानी मेरा मानस पटल बाट गायब छन् । डाक्टर हरूका अनुसार त्यो मेरा लागि जीवनसँगको साक्षात्कारहो रे ।

दुर्घताना ग्रसित मेरा सुक्ष्म मस्तिस्क सुक्ष्म शरीर बिस्तारै मान्छे रुपी डाक्टर अनि सिस्टर हरूको सहृदयी सेवा सुस्रुसा अनि माया ममताले बिकसित हुदै आएकोसत्य हो । बात्सल्यताको शितलताताप्दै ति अव्यवसायिक डाक्टर अनि सिस्टरको संसर्गमै बसन्त अनि सिसिर काट्दै जीवन संगको मेरो साक्षात्कार बढ्दै गएको साँचो हो। अनि साँचो हो म जस्तैअरुहरू पनी एस्तै दुर्घटनामा परेर कसै न कसैको बात्सल्यबाट परिपोषित हुदै जीवनसंग साक्षत्कारगर्न आएका मेरै सहयात्री हरू हुन् ।

आज म पनी मान्छे हरूकै संसर्ग बाट स्वयं लाई मान्छे घोषित गर्दै मान्छेले संसारमाबाच्न गर्नु पर्ने कार्यहरू गरिरहेछु । भलै मलाई थाहा छैन कि बाच्न के का लागि हो? तै पनी बाच्न का लागि केहीगर्छु भन्ने पक्षमा दृढ छु र केही न केही गरिरहेछु पनी । सहयात्री हरू आफू स्वयं नै बात्सल्यका छहारी बनिसके कोहि बन्दै छन् र म पनी त्यस्तै तरखरले अव्यवसायिक साथीको खोजीमा छु। आफूमा घटेका घटनाभनु या दुर्घटना नै सहि अरुमा घटाउने भन्दा पनी छहारी प्रदान गर्ने तर्फ परिलक्षितभईरहेछु । थाहा छैन अन्जाम सकारात्मक वा नकारात्मक के हुन्छभन्ने । अरुले गरेकै भरमा लहै लहैमा हा हुमै धेरै काम गर्दा रहेछन मान्छेहरू।

थाहा छैन मैले पनी के के गरे के के गर्नेछु तर पनी म स्वयं लाई भने बिर्सने पक्षमाछैन। मलाई थाहा छ कि मलाई जरुरि छैन साधनको साम्राज्यको तर पनी प्रेरित गर्छन मान्छे हरू।

शक्ति सृजनाको लागि हो भन्ने थाहा हुदा हुदै बिनास गर्न लालायित बनाउन खोज्छन मलाई।

मान्छेहरू सिकाउछन मलाई, घर स्कुल कलेज गाउँ सहर पसल बजार जही तही मैले बच्नकै लागि बाच्ने उद्देश्य पुरा गरेर मर्नका लागि विभिन्न चरण हरू पार गर्नु पर्छ रे ।

पल पल आत्मसम्मान अनी स्वाभिमान दाउमा हालेर जुवा खेल्नु पर्छ रे। दासत्व स्वीकार गर्दै शासन गर्ने कल्पनामा भुल्नु पर्छ रे, धर्तीमा बस्नु पर्छ रे आकाश उड्नु पर्छ रे । चुरोटको धुवामा रंग्मंगिनु पर्छ रे फेरी पनी बाच्नु पर्छ रे।

उद्देस्य पर्खालमा राखी जुलुसमा नारा लगाउनु फेरी पनी उद्देस्य बिहिन भएर चाही जीवन जीउनु बेकार छ रे । त्यसैले मैले पनी बेकारमा जीवन जिउनु भन्दा एउटा उद्देस्य राखेको हुँ, जीवन बिताउन मान्छे लाई मान्छे हैन मानव बनाउने जहाँ दानव हरूलाई कुनै स्थान हुने छैन ।

जीवन संग पूर्ण परिचित छु भन्नेहरू जीवन संग हार खईरहेका देखेको छु मैले । समयलाई नचिनेर समय संग जुध्नेहरू भेटेको छु मैले । सारा समय लडाई झगडा अनि संघर्षमा बिताएर हासेका लाई भेटेको छु मैले अनि मेरा सहयात्रीहरूले तर पनी त्यो हासोको रहस्य थाहा छैन कसैलाई संघर्षकोअर्थ थाहा छैन कसैलाई । स्वाभिमान गुमाएर दासत्व स्वीकार्दै, फेरी त्यसैका लागि संघर्ष गर्नु पनी जीवन हो रे, बाच्नुको अर्थ हो रे ।

मान्छे, मान्छे रोएको देखन सक्दोरहेछ, च्याठिएको देखन सक्दोरहेछ, आत्तिएर विवस भै अन्धकार बाचिरहेको देखन सक्दोरहेछ । तर रोदन भित्रको व्यथा अनि क्रन्दन देखेर पनि नदेखन सक्दोरहेछ । बाचुन्जेल देखे पनि जीवन मरेपछि मान्छे, लास हुँदो रहेछ र लास, लास मान्छे देख्न नसक्दो रहेछ । दाहा संस्कार गर्दो रहेछ । मौन धारण पनि गर्दो रहेछ । मान्छे मरेर मान्छे चोखो हुँदो रहेछ त्यस्तै रोएर पनि मान्छे बाचिरहदा रहेछन मान्छे लाई नै हेरेर । मान्छे हासेका देखेर आँसु सुक्द रहेछन । यातना दिने मान्छे पनि बाच्दा रहेछन, सहने पनि बाच्दा रहेछन। बाच्नुको साझा उद्देस्य बुझेरै पनि मान्छे पृथक पृथक बाच्दा रहेछन ।

यसरी दुर्घटना पश्चात का बिसौ बसन्त पश्चात जीवन संगको सछात्कारमा मैले थोरै संसार देखे । संसार भित्र मान्छे देखे र मान्छे भित्र को, मान्छे कै संसर्गले मान्छे भएको म देखे । बाच्नु का लागि मेरा सहयात्री मान्छेले गरेका कुकृत्य हरू देखे, सुक्रित्यहरू पनि देखे । सिर्जनाअनि बिनासोन्मुख प्रगति देखे ।
बाच्नु के का लागि भन्ने थाहा हुँदा नहुँदै पनि बाच्नकै लागि दृढ मेरा मन हरू केही न केही गर्न अग्रसर अझै छ र थियो पहिला पनि । बाच्नु सबका लागि अनि मर्नु सबका लागि, यसरी कोशिशहरू पनि धेरै शुरू भयो । मेरा सहयात्री संगै म पनि लागि परेथे। तर प्रत्यक पटक उचाइमा मैले स्वाभिमान त्याग्नु पर्ने भयो । मलाई साम्राज्यको आस देखाएर तत्काल दासत्व स्विकार्नु पर्ने बाध्यताको सिर्जना भयो ।

मेरा आस्थाहरूलाई मैले पन्छाउनु पर्ने भयो । श्रद्दाले झुक्ने शिर लालचमा झुकाउनु पर्ने भयो । मैले मेरै साथि संगीको रगत पिउनु पर्ने भयो । टाउको लाई खुट्टाले थिच्नु पर्ने भयो । सफलता मेरो अगाडी थियो मेरा सहयात्री मान्छेहरू मध्यका पनि केही त्यहि उचाइमा थिए । उनीहरूले माथिका सबै शर्त हरू जुन मान्छेले नै राखेका थिए, पुरा गरेर सफलता चुमे तर म…!

मैले भने सकिन …। हानिदिए लात्तीले …त्यो उचाइलाई, ढालिदिए मेरो नजरमा तर …। तल खस्न पुगेछु म मान्छे हरूकै नजरमा । वात्सल्य प्रेमले सरोवर गर्ने ति आखाहरूले पनि मलाई असफल मान्छेको सुचिमा राखेर हेर्न पुगे । हुन त उचाइमा पुगेर सम्झौता गरेपछि मेरा उद्देस्य पुरा गर्ने साधान जुठ्थ्यो तर …। त्यो साधन जुन मारेर कमाईन्थ्यो त्यसैले फेरी बचाउन सक्ला भन्ने झुठो बिस्वास थिएन म मा।

बाच्नकै लागि ढोंग र स्वंग रच्नु पर्ने भयो । मान्छे माथि मान्छेले किचेर स्वास खिच्नु पर्ने भयो । अगाडी देखेको चौरासी व्यंजन मा भुल्नु पर्ने, त्यसरी भुलेकलाई पछाडी बाट छुरी हान्नु पर्ने भयो । यी सब संस्कारहरूकाबारे मलाई के थाह ? मान्छेले जीवन मा जीवन मात्र हेर्दो रहेछ, खुसि मात्र खोज्दो रहेछ । त मलाई के थाहा?

के दुर्घटना पछिका बिस बसन्त मैले मान्छेको संसर्गमा बिताए भन्दैमा मान्छेका गलत संस्कार अंगाल्न सक्छु र ?पलायन हुनेहरूको लहै लहै मा आफैलाई भुल्न सक्छु र ? इतिहास मेटाउन सक्छु र ?भलै मलाई मेरो पुर्व जन्म याद नहोस तर पनि म संग निहित मेरा पुर्व संस्कार पुर्व आदर्श लाई म त्याग्न सक्दिन । एड्स नै लागेको भएपनि ओखती दिनेछ मलाई मेरो प्रकृतिले र जीवित राखनुछ मैलेति संस्कार ति आदर्शलाई ।

संसारमा संसार हेरेरराम्रो लिएर नराम्रो गाडेर जीवन मान्छेहरूकै अगाडी बाच्न नसक्ने त म हैन नि । के मैले बाच्न कै लागि मान्छेका गलत संस्कार अंगाल्नु पर्छ र?

भलै मलाई थाहा छैन कि मको हु के हु र कहाँ कुन देशबाट आएको हु तर मैले बुझिसकेको छु कि म आज अहिले मान्छे हरूको देसमा छु भनेर । तर पनि म मान्छे संग हार्दीन । यिनका गलत संस्कार संग झुक्दिन। मलाई थाहा छ कि, यिनीहरू पनि म जस्तै अनभिज्ञछन् यिनका उदगमको बारेमा।
यिनलाई पनि थाहा छैन कि यिनीहरूको हुन् के हुन् र किन बाचिरहेका छन् अनि कुन देस बाट आएका हुन् तर पनि यिनले मान्छेको मुखुण्डो भिरिसकेका छन् । त्यहि मुखुण्डो थुतेर बेनकाब गर्न मात्र म अहिले मान्छेहरूको देशमा छु ।

२०५३/०३/२०गते

3 thoughts on “मान्छेहरूको देशमा म”

  1. In the depth of
    In the depth of naturalism..purely simple and touchy…..directed to the human heart….

  2. भागीरथ जि, लेख राम्रो लाग्यो,
    भागीरथ जि, लेख राम्रो लाग्यो, लेख्दै जानु, तर फ्युसोन ले confusion नहोस्

  3. भागीरथ जि, लेख राम्रो लाग्यो,
    भागीरथ जि, लेख राम्रो लाग्यो, लेख्दै जानु, तर फ्युसोन ले confusion नहोस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *