मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
के यो गलत होइन र ?
kbs — Thu, 07/07/2011 - 21:48
'पुरुषको काम कमाइ गर्ने, महिलाको काम घर गृहस्थी थमाइ गर्ने' भन्ने उखान आज शनै शनै बिस्थापित हुँदैछ । यो अत्यन्त स्वागतयोग्य कुरा हो । बिगतका पछिल्लो दशकबाट महिलाहरू पनि घरको संघार नाघेर कामकाजी बन्न थालेको र स्वावलम्बी हुन थालेकोले यस्ता थोत्रा र निरंकुशी उखान टुक्काहरू बिस्तारै मिथ्या बन्दै गएका छन् । यसो हुनुमा विश्व परिवेशमा आएको छलाङ्ग, शिक्षा स्वस्थ्य बारे ब्यापकता, राजनैतिक सामाजिक परिवर्तन र तीब्र प्रबाह, महिला स्वयंमा आएको सचेतनाको ब्यापक परिवर्तन र समग्र समाजको आमूल सचेत परिवर्तनको ठुलो हात रहेको छ । अबका नेपाली महिला घर देशमा मात्रै कामकाजी नरहेर परदेश सम्म पुगेर शिक्षा उपार्जन अर्थोपार्जन गरी परिवार र समाजलाई टेवा दिन सक्ने भएका छन् । भलै यो सुरुवात हो तर आमा हजुरआमाहरूको पिढीको तुलनामा अहिले आएको यो बिशाल अन्तरलाई भने सन्तोषपूर्ण नै मान्नु पर्छ ।
नारी-पुरुष समानताको तिब्र असर र उपलब्धी मान्न सकिने यो परिवेश सँगै कतिपय नकारात्मक अवस्था पनि सिर्जना भएको भने नकार्न सकिन्न । आधा जसो शिक्षित र कामकाजी महिलाहरूको मानसिकता यस्तो पनि छ कि समानताको अर्थ लोग्ने या परिवारका अन्य सदस्यलाई हेप्नु हो । स्वाबलम्बी हुनुको अर्थ आफूले मान्नुपर्ने नाता कुटुम्बलाई उचित सम्मान दिन नपर्ने अवस्था हो । हामीले यो भुल्नु हुँदैन कि समानताको अर्थ कसैले कसैलाई बरोबर हेप्नु नभएर बरोबर सम्मान गर्नु हो । लोग्ने र परिवारबाट सधैं हेलित पेलित महिलाहरूको आर्तनाद यही हुन्थ्यो कि पुरुष समाजले नारी पुरुष समानताको अर्थ बुझ्दैनन् या बुझ्न चाहदैनन् । नारीलाई सम्मान गर्दैनन् । हेप्चन् र किचेर खुट्टामुनी राख्न खोज्छन् । तर जब अहिले आएर तिनै महिलाले समानताको आडमा लोग्ने या परिवारका अन्य सदस्यलाई उचित सम्मान गर्न जान्दैनन् या चाहँदैनन् भने हिजो नबुझेर हेप्ने पुरुष र आज बुझेँ भन्ने नारीमा के नै फरक रह्यो त ?
तुलनात्मक रुपमा घरदेशमा रहेका काम काजी महिलाको तुलनामा परदेश पुगेर पसिना पोखिरहेका आधुनिक शिक्षित महिलाहरूको अनुभव र कमाइ उच्च हुन्छ नै तर यसको मतलब यो होइन कि अनुभवी र आर्थिक मजबुती हुनु घर परिवार र समाजमा रहने हुने आवस्यक संस्कार र रीति अनि मान्यजन प्रतिको सद्व्यबहारलाई लात हान्नु ।
कुरा परदेशकै प्रसंगबाट । बिगत केही बर्ष यता आर्थिक चपेटाको मारमा परी म स्वयँ बैदेशिक रोजगारमा छु मध्यपूर्बी बिकशित देश इजरायलमा । इजरायल भनेको नेपाली कामदारहरूको निमित्त एक उत्कृष्ट रोजगारको गन्तब्य हो । अझै महिलाहरूको सवालमा अत्यन्तै सुरक्षित माहोल पनि हो (एकाध छिटफुट अपराधिकघटना बाहेक) । सन्तोषजनक कमाइ र पूर्ण सुरक्षानुभूति हुने यो मुलुकमा आउने कामदारहरू आम्दानी र सुरक्षाको सवालमा शायदै कोही असन्तुष्ट होला । तर सत्य यो पनि हो पैसाले मान्छेलाई कहिल्यै पुग्दैन । महिलाअधिकारलाई समुच्च सम्मान र सुरक्षित गरिएको यो अत्याधुनिक मुलुकको कमाइ र हावापानीले हामीलाई धेरै कुरा दिएको छ । धेरै ज्ञान अनुभव सुम्पेको छ । धेरथोर आर्थिक भरथेग दिएको छ । कहिँन कहीँ हाम्रा सन्ततीलाई उज्यालो भविस्यको किरणको थोरै आभास दिएको छ तर यो सबै उपलब्धीलाई हामी मध्य कतिले सही सदुपयोग गर्दै छौँ ? खासगरी घर परिवार एक सुत्रमा माया र सदभावको डोरीले बाँधेर राख्ने भनेर मानिएका हामी महिलाले ? सबैले गल्ती गरेका छन भन खोजिएको अवस्य होइन तर नबिर्सौँ नकारात्मक तत्व थोरै भए पनि सबै साकारात्मक तत्वमाथी हावी भैदिन्छ ।
केही समय पहिलेको कुरा हो । एकदिन सार्वजनिक बुथमा पुगेँ कलिङ्ग कार्डबाट घरमा फोन गर्न भनी । उसो त निकैबेर उभिएर पालो कुर्नुपर्ने बाध्यतालाई हृदयङ्गम गरी प्राय जसो म सेलबाटै कल गर्छु । तर त्यस दिन अलिक लामै भलाकुसारी गर्नु थियो घरमा सबैजानासँग । शायद कुनै सानो तिनो चाड थियो होला नेपालमा । तखाना मर्काजित (केन्द्रीय बसपार्क) को छैठौँ तल्लामा रहेको लहरै पब्लिक बुथमा पुगेर हेरेँ सबैमा कतै काला जाति, कतै इण्डियन, श्रीलङ्कन, फिलिपिनो र नेपालीहरू फोनवार्तामा मग्न रहेछन् । अलिक परको बुथमा हेर्दा ३५ उमेरकी हाराहारीकी एक नेपाली दिदी फोनमा मस्त रहेछिन । पालो कुर्नुनै पर्ने भए पछि म तिनै दिदीको छेउमा उभिएर पर्खने निधोले त्यतै लागेँ । फोनमा दिदीका अन्तरङ्ग कुरा पनि हुन सक्थे त्यसैले टाढा उभिनु पर्थ्यो मैले । तर फेरि, दिदीका कुरा सकिनासाथ अर्कोले फोन कब्जा गर्ला भनेर अलिक नजिकै उभिएँ । बसपार्कको त्यो गुञ्जनयुक्त माहोल न हो, टाढाको आवाज फोनमा प्रस्ट सुन्न कठिन थियो नै । उसो र दिदी निकै च्याँट्ठिएर बोल्दै थिइन् । कसैको आन्तरिक कुरो सुन्ने ध्रिष्टता नहुँदा-नहुँदै पनि फोनको पालोको लोभले मैले सबै कुरा सुन्नु परेको थियो । उनको वार्ताले मलाई थाहा लाग्यो कि पहिले नानीहरूसँग बोलिन् । धेरै पढ्नु, ज्ञानी हुनु, चक्चक नगर्नु यस्तै यस्तै सम्झाइन जो हरेक आमा-बाबाले गर्ने गर्छन् । त्यहाँसम्म ठिकै थियो तर जब कुराको पुछारतिर भनिन्, "आमैले के-के गर्छिन्, कतिको पैसा उरलधुरल गर्छिन्, चियो गर्नु है! अलच्छिनीलाई के माया अर्काले कमाको पैसाको!" यसो भनिरहँदा दिदीको अनुहारमा देवी चढेको प्रतित हुन्थ्यो । निधारमा गाँठा परेका झैँ लाग्थे । 'आमै' मलाई गाह्रो परेन उनले सासूआमाको कुरा गरेकी हुन् भन्नलाई । आफूले प्रस्टै अलच्छिनी भनेर नानीहरूलाई सिकाउने ती दिदी कतिहदसम्म असल बुहारी होलिन् र सासूलाई सम्मान गर्दी होलिन् भन्ने बुझ्न गाह्रो थिएन । तिनका पोइलाई जन्माएर हुर्काएर बिहेबारी गरेर अहिले बुहारीलाई परदेश पठाएर नाति-नातिना स्याहारेर बस्न सक्षम बुढीआमालाई तिनले सिकाउनुपर्दो हो खर्चपर्च कसरी गर्ने भनेर! उनको शब्दबाट थाहा लाग्थ्यो कि स्वाबलम्बी बनेर दुई पैसा आर्जन गरेकोमा तिनलाई कति दम्भ छ भनेर । दिदी निकै बेर अरु फत्फताइन् । तर मेरो दिमागमा त्यै "अलच्छिनी" शब्दले घन ठोकिरह्यो निकै बेर । त्यही बिचमा निकै अल्छी लागेर दुई पटक आफ्नो राजालाई मिस कल गरेँ । त्यो एक जनाउ पनि थियो कि म केही बेरमै फोन गर्दैछु भनेर । बसपार्कभित्रको माहोल हेर्दै केके सोच्दै थिएँ "नकराऊ!" भन्ने दिदीको अर्को चिच्याहटले मेरो ध्यान उनैतिर तान्यो फेरि । यति बेला सासूको बखान सकेर सासूका छोरासँग चिलट्ठिँदै रहेछिन् । कुराको अनुमानमा शायद उताबाट श्रीमानले पैसा पठाऊ भने होलान् । झिटिगुन्टी बन्धक राखेर, साहु ढाँटेर, परिवारनै दाउमा राखेर आशाको दियालो बाली श्रीमतीलाई कमाउन पठाएपछि उसैसँग पैसाको आशा नगरे कोसँग गर्ने श्रीमानले ? सके त नमागी कनै पठाउनु बेस् । घर चलाउन व्यबहार गर्न पैसा चाहिन्छ भन्ने त थाहा हुन्छ नै । झन मागिसके पछि गर्जन गर्नु कति उचित! हुन सक्छ कुनै बदमाश जुवाडे थिए हुनका लोग्ने, होला पैसाको खोलो कतै बगाएका होलान् श्रीमतीको कमाइमा । तर के त्यसरी सार्वजनिक बुथमा उभिएर श्रीमानलाई हकार्नु बुद्दिमानी ठहर्ला! हामीले यो कहिल्यै नभुलौँ कि तुच्छ शब्द, अपमान र तितो व्यबहारले मान्छे कहिल्यै सुध्रिँदैन न त बिग्रिन लागेको सम्बन्ध बन्छ ।
कुरै कुराको सिलसिलामा दिदीले यति भयानक शब्दहरू ओकलिन् म स्तब्ध भएँ । यस्तो लाग्थ्यो उनी आफ्ना श्रीमानसँग नभएर दास युगको कुनै मालिक्नी आफ्नो नोकरलाई सबक सिकाउँदै छिन् । बिचबिचमा सासूलाई पनि मिसाएर अपमानका शब्द चढाउँदै थिइन् । दिदीले जति पनि तुच्छ शब्दले हकारिन् आफ्नो लोग्नेलाई, ती शब्दको चौथाइ अंश मात्रै पनि मलाई मेरा राजाले भन्दा हुन् त मेरो हृदय हजार ठाउमा चिरा पर्दा हुन्, म अपमानबोधले भुतुक्क मर्दी हुँ । ती त उनका लोग्ने थिए । हाम्रो संस्कारमा हुर्केको लोग्ने मान्छे जतिनै समव्याबहारिक भए पनि उसको भित्र 'म लोग्ने हुँ' भन्ने भावना त जीवितै हुन्छ र त्यो हुनु पनि पर्छ । हाम्रो संस्कारले जति पनि साँघुरो मान्यतालाई काखी च्यापे पनि केही यस्ता मुल्यवान पाठ पनि बोकेको छ कि हामीले आफन्त, मान्यजन र बिबिध अलगलग नाता सम्बन्धमा के कसरी कसलाई कस्तो सम्मान गर्नुपर्छ भन्ने हामीलाई त्यसले बोध गराउँछ । लोग्नेले पैसा माग्दा दिदीले यसरी झपारिन् उनले । अलिकति पनि सोचिनन् शायद यदि उनको ठाउमा ठीक उल्टो उनको श्रीमान हुँदा हुन् र तिनले त्यसरी आज पैसाको लागि गिड्गिडाउनु परेको होस् र श्रीमानबाट त्यस्तै गाली खानु परेको होस् । अहँ उनले त्यो सोचेकै थिइनन् । दिदी निकै बेर घाइते सिंहिनी झैँ गर्जिरहिन्, म चुपचाप् सुनिरहेँ । त्यति बेला मेरो समेत धैर्यताको बाँध टुट्यो जतिबेला दिदी च्याँट्ठीन्, "त्यो आमा भनाउदीलाई काखी च्यापिरौ न! मैले छोड्पत्र गरिनछु भने के! " त्यति बेला मिल्थ्यो भने दिदीलाई उल्टो हातले बजाउन मन लागेको थियो मलाई । उनको सम्पूर्ण सम्स्याको जड् सासू रहिछिन् र लोग्नेले पैसा माग्दा सासूले खान्छिन् भन्ने चिन्ता रहेछ । कारण अरु पनि थिए होलान् । तर त्यतिन्जेलको संवादले भने त्यही नै बताउँथ्यो । महिलाले कुन समाजसँग हक माग्ने जब उसले आफ्नै वर्गलाई सम्मान गर्न सक्दैन । आफ्नी आमा समानकी सासूलाई उनी आफ्नो जीवनको काँढा मान्छिन् भने उनले किन सपना देख्नु नारी हकहित र समानताको ? कतिका सपना देख्दै छोरा जन्माएर हुर्काएर त्यो बुढेसकालमा कहाँ जाउन् ती आमै! आफ्नी जन्मदातालाई घरबाट लखेटेर स्वास्नीलाई खुशी राख्नुपर्ने हो भने म लोग्नेमान्छे हुँदो हुँं त जिन्दगीभर बुढो कुमार बस्थेँ बरु । दुई अक्षर पढेर, देश नाघेर स्वाबलम्बी बनेर घर चलाउन सक्षम महिलाको त त्यो व्यबहार हो भने ती बुढी आमैले त्यो भन्दा अक्षम्य पाप के गरिन् होली र त्यत्रो अपमान ! अनि जति नै समानता भनिए पनि समानताको अर्थ आफू चाँही कसैलाई नटेर्ने, कसैको सम्मान नगरने, पनि त होइन । बिचरा श्रीमानले उताबाट के भन्दै थिए कुन्नी दिदी अझै झन अमिली हुँदै थिइन् ।
मेरो अनुहार समेत रिसले तातो रातो भएपछि म फोनको पालो लात मारेर अन्तै लागेँ । तर मेरो मन साम्य भएन । थाहा छैन दिदी अझै कतिबेर गर्जिन् तर मेरो मनको तुफान दिनैभरि रोकिएन । हुनसक्छ दिदी एक मात्र कमाउ मान्छे होलिन् परिवारमा र समस्याको थुप्रोले उनलाई चिढाएको होला । हुनसक्छ लोग्ने गलत गर्दा हुन् । यो पनि होला कि सासूआमा अलि बेसी नै फजुल गर्लिन् । या त लामो समयको परदेशी बसाइले बिरक्तिएर मन खल्बलिएको होला । तर जे सुकै भएको होस् सभ्यता, शिष्टता र सम्बन्धको सम्मानमा नै आँच आउने गरी कमाएको पैसाले जिन्दगीको कुन आनन्द किन्नु! त्योभन्दा त झ्याङ्ग्प्वाले झुपडी भित्रको आत्मीय सम्बन्धमा मौलाएको बिपन्नतानै मिठो होला अवस्य । मलाई थाहा छैन दिदीले कति शिक्षा आर्जन गरेकी थिइन् । तर सुट्ठिसारो अशिक्षित हाम्रा हजुर आमाहरूलाई अझै बेसी थाहा छ सम्बन्धको सम्मान र इज्जत भन्ने कुरा । उनको बोलीचाली र हाउभाउबाट लाग्थ्यो उनलाई आफ्नो कमाइमा, स्वाबलम्बनमा धेरै अहम छ । एक हदसम्म त्यो जरुरी पनि हुन्छ । अझै एक नेपाली महिलाले अर्को नेपाली महिलाको यो स्वाबलम्बी जीवन देखेर मलाई साच्चैनै गर्व पनि नलागेको होइन । तर उनमा जुन घमण्ड र हेपाहा प्रबृति थियो, त्यो देख्दा भने मेरो मनले भन्यो कि अवशरले मान्छेलाई यति बिगार्ने हो भने, यति अहंकारी बनाउने हो भने बरु मान्छे अज्ञानी नै रहोस् ।
अवस्य पनि हामी सचेत हुनु जरुरी छ । परिवारलाई सम्झाउनु, सिकाउनु र आत्मीय बातावरण बनाइरहनु आवश्यक छ तर यति पनि त होइन कि बन्नुको साटो झन बिग्रेर जाओस् ।
हामीले भुल्न नहुने कुरा के हो भने जतिसुकै समानता, आधुनिकता आओस् तर परिवार समाज भनेको एक निश्चित मापदण्डले घेरिएको हुन्छ जहाँ अलगलग सम्बन्ध र नाता अनुसारको सम्बोधन्, सम्मान र शिष्टता हुन्छ । त्यसलाई हामीले पालन गर्नैपर्छ यदि सुन्दर सुखी सफल परिवार र असल समाज चाहने हो भने । नत्र आधुनिकताको नाममा समानताको ढ्वाङ्ग फुकाइमा हामी झन पछि धकेलिरहेका हुन्छौँ र एक्लिँदै गएका हुन्छौँ । त्यसबेला दम्भले फुलेर पोकोपारेको धनले न त परिवार सम्बन्ध किन्न सकिन्छ न त जिन्दगीको सन्तुष्टी नै हासिल हुन्छ ।
सम्मान गरेर अलिकति झुकेर हामी कोही पनि सानो हुंदैनौ र हामीले केही गुमाइरहेका पनि हुँदैनौ । खासगरी पारिवारिक मामलामा त हामीले झुक्न जान्नै पर्छ किनकी समर्पण बिना कुनै सम्बन्ध चल्दैन ।
(बिशेषगरी दिदीबहिनीहरूमा समर्पित)
| Attachment | Size |
|---|---|
| DeepsShah-02.JPG | 4.02 KB |
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 45 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 17 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- यौवनका फौबन्जारहरू
- युद्ध भूमिबाट एउटा चिठी
- आक्रोश (लघुकथा)
- गाजा र विस्फोटनका धुंवाहरु
- सुनपानीले छर्क मायालु
- रामेको सपना
- असमय
- परिचय मेरो
- गालीको पहाड
- जहाँ सिंगो देश अल्झिएको छ
- जब मर्छन् मन्दिरकै ढोकाअघि
- खौल परेको देश दाम्ला परेका नेता
- याद तिम्रो
- अमेरिकामा अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न : रामबहादुर तामाङ प्रथम
- बिहानीको प्रतिक्षामा
- कर्णालीको चेतना
- चिराग तो जलाओ, बडा अन्धेरा है
- गयौ तिमी टाढा
- नसुनिएको तेस्रो अन्तरा
- डलर काण्डमा दरबारसमेत लाग्यो

के यो गलत होइन र ?
kbs — Sun, 07/10/2011 - 12:51तपाईंको विचार अनुरुप नै महिला अधिकार, महिला सक्षमता भनेको यस्ता कुप्रवितिको विकास गर्नु होइन । यहाँ देखाउनु भएको उदाहरण त लैंगिक असमानताभन्दा बाहिर, मानवीयतासँग सम्बन्धित कुरा हो । तपाईंले ठिक विषयमा औंलो उठाउनुभएको छ ।
लेख राम्रो लाग्यो। यो लेखले
Sangen Rai (not verified) — Thu, 09/08/2011 - 02:17लेख राम्रो लाग्यो। यो लेखले मलाई कता कता तस्लीमा नस्रिनको "बिग्रिएको आईमाई" लेख सम्झना दिलायो।..
"के यो गलत होइन र"?
Sangen (not verified) — Thu, 09/08/2011 - 02:21लेख राम्रो लाग्यो। यो लेखले मलाई कता कता तस्लीमा नस्रिनको "बिग्रिएको आईमाई" लेख सम्झना दिलायो।
गलत होइन
Bishwo (not verified) — Tue, 01/31/2012 - 06:12लेख साह्रै राम्रो लाग्यो। हामी सबै ले आ-आफ्नो ठाउँ बाट यसरी बुझे मा यो संसार कती सुन्दर हुने थियो होला????
Post new comment