Skip to content

नानी तिमी पढी गुनी असल हुनुपर्छ (बाल गजल)

  • by


नानी तिमी पढी गुनी असल हुनुपर्छ
सगरमाथा लक्ष्य राखी शिखर छूनुपर्छ।

तिमी असल बन बाबु मेरो मिठो कामना छ
असल बनी यी आमाको आसुँ धूनुपर्छ ।

दीन दुखी असाय र गरिबहरू सँगै बसी
दू :ख सुख बाँडिकन सँगै रुनुपर्छ ।

असल काम गर्नु सबै बालकहरू मिली
अनि असल कामहरूको माला उन्नुपर्छ।

तीर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *