मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
समयका कविता
kbs — Sun, 07/10/2011 - 18:29
कवि सचित राईका २५ वटा कविता समाविष्ट गरिएको संग्रह अर्को भ्रममा आञ्चलिक विम्बहरूको मिठासपूर्ण संयोजन देख्न सकिन्छ। कवितामा राष्ट्रियताको पक्षपोषण कवि राईले विम्बहरूको सहारामा किराँती दर्शन, संस्कृति र भौगोलिकताको सुगन्धलाई पोखेका छन्। राईका कविताले दिमागलाई मात्रै झंकृत तुल्याउँदैनन्, मानवीय संवेदनालाई समेत झकझक्याउने सामथ्र्य राख्छन्।
राईले आफ्नो कवितालाई परविर्तनको पक्षमा उभ्याएका छन्। विषयजस्ता नलाग्ने तथ्यहरू, विम्बजस्ता नलाग्ने घटनाहरूलाई पनि कविले सुन्दर कविताको विषयवस्तु बनाएका छन्। राईका कतिपय कविताहरू स्वादका दृष्टिले पृथक्, विचारका दृष्टिले नवीन र अर्थका हिसाबले दुर्बोध्य नलाग्ने किसिमका छन्। र, ती कविताहरूमा मानवीय जीवनका संगति र असंगतिहरूको चित्र कोरिएको छ।
राईका कतिपय कविताहरूमा प्रयुक्त विम्ब विधानहरू अप्ठ्यारो पहाडजस्तो बनेर पनि उभिएका छन्। राई संस्कृतिप्रतिको उनको माया कवितामा छताछुल्ल भएर त पोखिएको छ तर कतिपय ठाउँमा ठेट शब्दहरू बढी नै दुर्बोध्य प्रतीत हुन्छन्। त्यस्ता शब्दहरूलाई पादटिप्पणी गरेको भए राम्रो हुने थियो। कतिपय कवितामा उस्तै विम्बहरू दोहोरिएका छन्, जसले कतिपय कविताको सुन्दरतामाथि प्रश्नचिन्हसमेत उठाएका छन्।
जीवनलाई सार्थक तुल्याउन नसक्नेहरू र परविर्तनको गतिलाई पक्रन नसक्नेहरूप्रति कविको आक्रोश कवितामा भेट्न सकिन्छ। कविले फूल मान्छे र मान्छे फूल भएको अवस्थाका कल्पना गरेका छन्। र, मान्छे बाँच्नुको अस्तित्वमाथि प्रश्न उठाएका छन्। उनका कविताहरू आकारमा दृष्टिले लामा छैनन् तर व्याख्याका हिसाबले ती लामा हुन सक्छन्। समग्रमा कविले आफ्नो कवितामार्फत समयको चित्र उतारेका छन्।
अर्को भ्रम
कवि : सचित राई
प्रकाशक : पुष्पा लोहोरुङ (सिप्तुङ्खा)
पृष्ठ : ४५
मूल्य : १५० रुपियाँ
नेपाल साप्ताहिक ४५३
- 1342 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 5 hours ago - आभार
2 days 1 hour ago - बहुत खुब कहिल्छि ।
5 days 30 min ago - आभार प्रकट गरे
6 days 23 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 hour ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 19 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 21 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 21 hours ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कोरोना भाइरस
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- महलकी रानी
- शुभ दिन बिहानीको
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- पुराना कुरा
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
Last viewed:
- तिमी भूलमा पर्यौ
- तिमीलाई सुन्दरताको प्रशंसा गर्ने
- काँडा रैछ्यौ चस्स घोच्ने बात बातमा तिमी
- आँखाको निद खोसी लाने
- भागेर भूगोलभरि
- "तिरष्कार" (समसामयिक कविता)
- नमिठो त्यो जिन्दगीको कथा
- मेरो प्रेम कहानी
- नीति श्लोक
- जुनै नेता आए पनि
- प्रणय दिवश
- चलेछ वतास सुस्तरी
- मझेरी भलाकुसारी, अंक १४ (गीता थापा दोषी)
- छ मैले
- नपर्खे बहिनी तिहारमा मलाई
- साँढे नपाले के हुन्छ ?
- च्यातिएका डायरीमा
- यात्राका अर्धविरामहरू
- जीवन जिउने लाई उपहार हो
- फागुन ७ र नेपाली कांग्रेस
- डडेलधुरा अति राम्रो
- दोष कसैलाई दिन चाहन्न
- सियो खोइ सियो
- ढुकढुकी
- बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति गठन
- ए कान्छी मायाको ढोका खुल्लै छ
- घरायसी कामकाज
- नेपाल याद आउंछ
- म पिउने भएको छु
- तार्किक निष्कर्ष
Post new comment