अवतार - ६
kbs — Sun, 07/10/2011 - 18:40
नाकको टुप्पोमा
रातो डल्लो 'बल' राखेर
अनुहारमा रंग-विरंग पोतेर
अनेक हाउभाउ गर्दै
रंगमञ्चबिनाकै 'जोकर' भएर
मध्यसडकमा उभिएर
तिमीलाई नमस्कार गर्छ ऊ
तिमीलाई धन्यवाद भन्छ ऊ ।
रंगमञ्चमा 'जोकर' हुनुको अर्थमा
केही अस्तित्व हुने थियो सायद उसको
तर, ऊ त सिर्फ फाल्तू 'जोकर' हो आज
रंगमञ्चको त कुरै छोडौँ,
तासमा समेत मिलाउन नसक्ने 'फाल्तू जोकर' ।
आफ्नै अवतार परिवर्तनले
क्षत/विक्षत ऊ
सायद तासका पत्तीभित्रैका
बादशाह वा गुलाम मात्रै भए पनि
हुन खोजेथ्यो उसले
आह ! तर उटुंग्याहा, अनौठो अवतारलाई
तिमीले समयमै चिनिसकेका थियौ ।
त्यसैले, जिस्किरह्यौ/जिस्काइरह्यौ
उसले बुझेन, तिमीले बुझाउने कोसिस गरेनौ ।
ठीक हो ! अनौठो अवतारको सामीप्य
घातक हुनसक्थ्यो, त्यसैले ठीक गर्यौ
जोसँग आफूलाई चैन छ, ढुक्क छ
उसैसँग संगत गर्यौ/छलफल गर्यौ/ठाउँठाउँ धायौ
सिर्फ फाल्तू जोकरलाई समय भएन, प्राकृतिक सत्य ।
झ्यालबाट हेर त
ऊ तिमीलाई नमस्कार गरिरहेछ,
धन्यवाद भनिरहेछ,
चिच्याई चिच्याई
तिम्रो मित्रताका लागि
उसको औकात बुझ्ने अवसरका लागि ।
तर,
कृपया, आश्चर्य नमान
तिमीले हेर्दाहेर्दै
ऊ एकाएक उटपटाङ आकृतिबाट
नृसिंह हुन सक्नेछ
'हुन्छ' होइन, हुन सक्नेछ
किनभने, ऊ अवतार परिवर्तनको सिलसिलामा छ ।
नेपाल साप्ताहिक ४५२
- 1015 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Blood-stained teenager suitable peaks probe tread.
8 min 51 sec ago - Blood-stained teenager suitable peaks probe tread.
9 min 5 sec ago - Reply to comment | मझेरी डट कम
12 min 30 sec ago - Reply to comment | मझेरी डट कम
13 min 24 sec ago - Reply to comment | मझेरी डट कम
14 min 17 sec ago - Reply to comment | मझेरी डट कम
15 min 16 sec ago - Reply to comment | मझेरी डट कम
17 min 41 sec ago - Reply to comment | मझेरी डट कम
18 min 35 sec ago - Reply to comment | मझेरी डट कम
19 min 26 sec ago - Reply to comment | मझेरी डट कम
20 min 26 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- समयकाे धुन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- म पानी हुँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- गजल
- नेपाल मेरो घर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- सोह्र सोमबारको व्रत
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- सहिदको सम्झना
Last viewed:
- YOU
- ओशोमा समर्पित
- ओ नायिका
- जसले तिमीसँग
- 'भाते' भन्नेलाई 'ज्यू'
- बलरामको तरङ्ग
- लोग्नेमान्छे
- वाह सरकार !!
- गजल
- आँसुको पोखरीमा
- घर- ५
- लुटिएको अस्मिता
- महाकवि तपाईंका चरण छुन्छु
- हेरी बस्छौ टुलु टुलु
- घारो एउटै हो
- खहरेको भेल-रहेछ
- स्तर खोज्नुपर्यो
- अर्थ खोज्दै कर्णाली ब्लुज
- दुखे नि मुटु मेरो
- प्रात: एक आघात
- भ्रष्टाचारी भा नोट दिन्थे त्यो पनि होइनौ
- अवस्था
- म र मबाट हामी बनौं
- बुढो भएपछि सम्झना मात्र प्यारो
- घरी आँखा सन्काउँछ
- जालबुन्दै उकास्ने
- जस्तो तिमी त्यस्तै म
- मलाई छोडी अन्तैनाता
- कोहलपुरमा श्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न
- आफ्ना मान्छे
Post new comment