मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
एउटा मिठो कविता लेख्न सकिएन
kbs — Sun, 07/10/2011 - 19:32
कुन विषयमा लेख्ने निर्णय गर्न सकिएन
आरम्भ, मध्यान्तर र उपसंहार कस्तो हुन्छ
पहिल्याउन सकिएन
लेख्दै जाँदा नारा मात्रै हुने हो कि !
त्यसमा विम्ब र प्रतीकहरूको पाइन हाल्न सकिएन
चाहे पूरा होस् अथवा नहोस्
सपनाहरू छताछुल्ल हुने गरी बाँड्न सकिएन
न सुन्दरताको धीत मर्ने गरी प्रशंसा हुन सक्ने भो
न आँखै अगाडिको अस्तव्यस्ततालाई
धारे हात लगाएर सराप्ने अवस्था भो
सँगैको एउटा सँधियार चुँ पनि बोल्दैन
अर्को हामी उसैको कमाराकमारीजस्तो हप्की र दप्की गर्छ
कोसँग सल्लाह मागूँ कस्तो फसादमा परियो
के गर्ने के नगर्ने अलमल्ल परियो
रातमा निदाउन पनि सकिएन
दिनमा काम गर्न पनि सकिएन
के भयो भयो भेउ पाउनै सकिएन
एउटा मिठो कविता लेख्न सकिएन ।
कविता लेखेरै जिन्दगी बिताइयो
कवितासँगै निदाइयो, कवितासँगै उठियो
कविता लेखेरै प्रेम गरियो
कविता लेखेरै विवाहबन्धनमा बाँधियो
कविता लेखेवापत गाली पनि खाइयो
कविता लेखवापत पुरस्कार पनि थापियो
पटकपटक जेलको हावा पनि खाइयो
दरवारको मेजमानी पनि बुत्याइयो
कविताको आकर्षणले थुप्रै मित्रहरू कमाइयो
कविताको प्रहारले थुप्रै शत्रुहरू पनि बटुलियो
कविताकै कारणले देशदर्शन पनि गरियो
कविता पढ्न पराईभूमि पनि टेकियो
आज के भयो यस्तो अचम्म !
कविताले पत्याउँदै पत्याइनन्
फर्केर एकचोटि हेर्दा पनि हेरिनन्
रुन पनि सकिएन हाँस्न पनि सकिएन
एउटा मिठो कविता लेख्न सकिएन ।
मानिसहरू लेख्यालेख्यै छन्, सुनाको सुनायै छन्, छ्यापेकोछ्याप्यै छन् ।
यामानको किताब पनि निकालेको निकाल्यै छन्
तर कविता लेख्या हुन् कि के लेख्या हुन् थाहा छैन
खै ! के सुनाएका हुन्, के छापेका हुन्
केको किताब निकालेका हुन् त्यो पनि थाहा छैन
बोल्नु हुँदैन मारिहाल्छन्
सम्झाउनु हुँदैन झुण्ड्याइहाल्छन्
आफूले त त्यत्ति गर्न पनि सकिएन
स्याबासी लेखाउन घरघर धाउन पनि सकिएन
पुरस्कार जिप्ट्याउन खुट्टामा तेल लाउन पनि सकिएन
पुरस्कार दिलाए आधाआधा बाँडौँला भन्न पनि सकिएन
भरे साहिँलीको भट्टीमा मरुन्जेल धोकौंला भन्न पनि सकिएन
यो बारको जुनीमा त्यत्तिकै मरिन्छ कि क्या हो !
यो पनि भएन त्यो पनि भएन केही पनि भएन
बेसारे कवि/कवयित्री भएर हल्लाखल्ला मच्चाउन पनि सकिएन
अर्काको कविता सारेर आफ्नो नाम छपाउन पनि सकिएन
एउटा मिठो कविता लेख्न सकिएन ।
हेटौँडा-४, मित्रनगर, मकवानपुर
मधुपर्क २०६८ असार
- 1135 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
23 hours 42 min ago - आभार
1 day 19 hours ago - बहुत खुब कहिल्छि ।
4 days 18 hours ago - आभार प्रकट गरे
6 days 17 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 13 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 15 hours ago - एकदम सान्दर्भिक
1 week 20 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 22 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- जन्मदिनको शुभकामना
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- शुभ दिन बिहानीको
- महलकी रानी
- जन्मदिनको शुभकामना तिमीलाई
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- यसै गरी मिलोस तिम्रो माया
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- प्रेम पाप होइन
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
Last viewed:
- महाभारतको त्रासमा सास फेर्नुपर्छ (गजल)
- तिहार तिमी.......!
- जन्मदिनको शुभकामना तिमीलाई
- मे दिवस
- सप्तरंगी फूल फुल्यो
- मान्छे हैन कीरो भयो
- काँडे तार लगाऊ
- प्यारो मातृभूमि
- म कस्तो छु त
- सम्झेर मुख रसायो मेरो
- बुबा-आमाको विवाहको ५०वर्ष स्वर्ण जयन्ती
- लघु कथा: प्लाज्मा
- म बिनाको तिमीलाई सुमसान हर रात लाग्ला
- शुभ दिन बिहानीको
- सुन सुन
- गाउमा एक्लिएकी बुढीआमाको गनथन
- पापी चु जोवन (तामाङ् सेलो)
- एकांकी १० - नाम तिम्रो काम हाम्रो
- मेरो प्यारो देश
- मान्छेको मन
- यो दिल
- एउटा राजाको कथा
- यात्रा
- सुहागरात (लघुकथा)
- अँध्यारोबाट उज्यालोतिर
- फेसबुक पूराण
- दुई मुक्तक (मुक्तक दोहोरी: तिमी गएको देशमा)
- जीजीविषा बोक्ने बाहना गर्दैछ
- घमण्डी सानोबाबु
- अन्तर चाहना
Post new comment