Skip to content

जिन्दगीको यात्रा मेरो……….

गीत
जिन्दगीको यात्रा मेरो,तिमी संगै गर्न पाए
नर्क पनि स्वर्ग ठान्थे,तिम्रो काखमा मर्न पाए
===============================
फोर्थे चट्टान मेहेनातले,यदि तिमीले चाहे देखि
रिकिस्थान मै बस्थे बास,तिम्रो साथ पाए देखि
सुक्थे बरु शीत जस्तै,तिम्रो अंगमा झर्न पाए
नर्क पनि स्वर्ग ठान्थे,तिम्रो काखमा मर्न पाए
===============================
तयार हुन्थे आफ्नै घाउमा,चुक हालेर चर्कौनलाई
पछी कहिल्यै हड़ने थिएन,हाम्रो बैरी तर्कौनलाई
बाढी आउँदा बिबस्ताको,तिमी संगै तर्न पाए
नर्क पनि स्वर्ग ठान्थे,तिम्रो काखमा मर्न पाए
==========
नर्क पनि स्वर्ग ठान्थे,तिम्रो काखमा मर्न पाए
==========
राजेश रुम्बा लामा “अतृप्त”
१४-०७-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *