Skip to content
BhanuBhaktaAcharya


एक दिन सुटुक्क
भानुभक्त कान्तिपुरी आए
हरियाली ती फाँटहरूमा
महलहरू पाए ।

खोज्दै अल्कापुरी
कयौ चक्कर लाए
घरै घरको जङ्गलमा
खानु ठक्कर खाए ।

धुवा धुलो फोहरको
नाकमा पर्रा आए
तिर्खा लाग्दा जल ठानी
कोक ठर्रा खाए ।

स्वोर्गका परीहरू
डिस्कोहरूमा छाए
कोही आए चुम्न
कोही डस्न आए।

छलकपट ब्यभचारी
सस्कृति यहाँ पाए
बिदेशिको नक्कल गर्ने
बिकृति यहाँ पाए ।

भ्रष्टचारी अत्याचारी
शासन गर्ने देखे
झुटको सपना देखाइ
भाषण गर्ने देखे ।

सानो एउटा कामलाई
दिनहुँ कार्यालय धाए
कसैले दोहन गरे
कसैले दाए।

कालो धन्दा चर्को चन्दा
मौलाएको पाए
बुद्धीजिबी सज्जनबृन्द
बौलाएको पाए ।

कान्तिपुरी-भ्रान्त्तिपुरी
अल्कापुरी-ढल्कापुरी देखे
फर्की फेरि नआउनलाई
अन्तिम पाइला टेके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *