Skip to content

नलेखिएको इतिहास

  • by


पट्यारलाग्दो भजनहरूमा रुमल्लिएको इतिहास
गरीबहरूका श्रम र पसिनाहरूमा डुबे पनि
यसभित्र अर्कै धून बजेको छ
क्रुर स्वार्थी र धुर्तहरूलाई पुरुषार्थी देखाउँदा
अनि
महलभित्रका खुशीहरू
हाम्रा इतिहासका पानाहरूमा छरपष्ट भएर पोखिंदा
अतीत माथि नै अन्याय भएको छ

शायद
हाम्रा खलनायकहरूले
नायकको भूमिकामा आफूलाई देखेपिछ
इतिहास
लाटो धुम्म परेको र अर्मूत बनेको छ
यसका निर्माणकर्ताहरू
पींधबाट उछिरिुएर पाखा लागेका छनइतिहास आज फेरि
बर्षौंदेखि मन्द गतिमा
फोहर पानी लिएर बगेको खोला भएको छ

घरि घरि कलाबिहीन नाटक गर्दै
एउटै गोरेटोमा फनफनी घुमाएका छनआफूलाई होनहार पात्र मान्नेहरूले
यी कालखण्डहरूमा
कांगडा र देउथलका युद्धहरूमा
कतिका सिंदूरहरू पखालिए नानीहरू टुहुरा बने
दूधे बालकहरूको प्राण पखेरु उड्यो
तर इतिहासले यिनीहरूमाथि न्याय गरेन
कहिल्यै टुहुराहरूको गीत गाएन
बिधवाहरूको कबिता लेखेन
खालि
मानव चेतनामा धमिरा लागेकाहरूले
फोहर र धमिलो पोखरीहरूमा पौडिरहेको
दृश्यमात्रै भट्यायो

गौरबमय अतीत र सुनौलो भबिश्यको दोसांधमा
नैतिक प्रकाशबिहीन दुष्टहरूको प्रहारबाट
कालो मध्यरातमा
फेरि
बर्तमान रोकिएर रोएको छ
इतिहासको यो निरीहरूप किन हो खै मनपर्न छोडेकॊ छ
मेरो बिन्ति छ
यसलाई उठाउन खोज्ने सिर्जनशील हातहरू
चेतनशील मन
अब अलिकति कठोर बनेर आऊ ।

संजय आचार्य
चुँदी, रम्घा, तनहुँ

९ असार, २०६२
साप्पोरो जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *