Skip to content

सागर सरी चोखो माया तिमीलाई दिउँला


सागर सरी चोखो माया तिमीलाई दिउँला
यो ज्यानले साथ दिए तिमीसँगै जिउँला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला

आऊ बस न छेवैमा मिठामिठा कुरा गरूँ
बर्षौंदेखि साँचिएका रहरहरू पुरा गरूँ
तिम्रो साथ पाएपछि हाँसीखुसी जिउँला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला

सिलसिला

रमाएर तिमीसँगै लाग्छ सधैं हाँसिरहूँ
तिमीभित्र हराएर जुनी जुनी बाँचिरहूँ
फाटे पनि हाम्रो माया मनैमनले सिउँला

शब्द: बिपिन किरण
स्वर: राजेश पायल राई, अञ्जु पन्त
संगीत: महेश खड्का

1 thought on “सागर सरी चोखो माया तिमीलाई दिउँला”

  1. Song ta nikai nai ramro rahe6
    Song ta nikai nai ramro rahe6 bastavma yo song malai pahile dekhi nai man par6.

Leave a Reply

Your email address will not be published. Required fields are marked *